लन्डन । जनस्वास्थ्य तथा सरुवा रोग सम्बन्धमा दशक बढि अनुभव संगालेका डा. सुजन मरहट्ठाले लिभरपुलमा नेपालमा हालै गएको भूकम्पबारे प्रवचन दिने भएका छन् । लिभरपुल जोनमुर युनिभर्सिटीमा जनस्वास्थ्य विषयका भिजिटिङ प्रोफेसर डा.मरहट्ठाले आगामी ९ अक्टोबर, शुक्रबार १२ देखि १ बजेसम्म प्रवचन दिन लागेका हुन् । उक्त विश्वविद्यालयका एसोसिएट डिन डा. पदम सिम्खडाले मरहट्ठालाई निम्त्याएका हुन् ।
९ हजार भन्दा बढिको ज्यान जाने गरि आएको विनाशकारी भूकम्प लगत्तै मरहट्ठा पीडितहरुको स्वास्थ्य सेवाका लागि खटिएको टिममा संलग्न थिए । उनीसंग विपत्तिमा श्रोतसाधन व्यवस्थापनबारे समेत अनुभव छ ।
मनमोहन मेमोरियल इन्सटिच्युट अफ हेल्थ साइन्सेस्का एसोसिएट प्रोफेसर मरहट्ठा कालगरी युनिभर्सिटी, क्यानडाको जनस्वास्थ्य इन्सटिच्युटका एसोसिएट मेम्बर समेत हुन् ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो