लन्डन । गोर्खाहरुको दोश्रो घर बेलायतस्थित फोकस्टोन केन्टमा गोर्खा स्मारक बनेको छ । ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा निर्मित उक्त स्मारकको ब्रिटिश अभिनेत्री जोआना लुम्लेले आइतबार भव्य समारोहबीच उद्घाटन गरिन् । भूपू गोर्खाहरुले नेपाली चेली मान्ने यीनै अभिनेत्री पहलमा भूपू गोर्खा र तिनका परिवारले सन् २००९ मा आवासीय अधिकार पाएका थिए ।
उद्घाटनका लागि महिला नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले पनि साथ दिएकी थिइन् ।
करिब डेढ करोड रुपैयांको लागतमा निर्मित उक्त स्मारक गार्डेन अफ रिमेम्बरेन्स् पार्कमा अवस्थित छ, जसको तौल ७.८ टन र उचाईं ६ फुट छ । स्मारकले आधुनिक युद्धका लागि पोशाक लगाएर हतियारसहित तम्तयार एक गोर्खा योद्धालाई झल्काइरहेको छ ।
उद्घाटनपछि अभिनेत्री लुम्लेले स्मारकले ब्रिटेन नेपाल सम्वन्ध अरु गाढा बनाउने विश्वास व्यक्त गरिन् । यसले बेलायत रहेका गोर्खा, नेपालीप्रति बेलायती जनताको सुमधुर सम्वन्ध थप अभिवृद्धि गर्ने पनि लुम्लेले जनाइन् । उनले स्मारक गोर्खा इतिहासमा ऐतिहासिक रहेको समेत उल्लेख गरिन् ।
नेतृ कोइरालाले स्मारकले दुई देशबीचको सम्वन्ध अरु प्रगाढ बनाउने बताइन् । उनले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक रहेको बताउंदै भूकम्पपछि बेलायतको सहयोगप्रति आभार समेत व्यक्त गरिन् । नेपाल भ्रमण गरेर सहयोग गर्न पनि उनको आग्रह थियो ।
उद्घाटन समारोहमा जोआना र सुजातालाई ब्रिगेड अफ गोर्खाज् सेकेन्ड बटालियन, दि रोयल गोर्खा राइफल्स्का जवानहरुले भव्य सलामी दिए । उक्त अवसरमा दुई सय वटा रंगीन बेलुन उडाइएको थियो ।
स्मारकका परिकल्पनाकार पूर्व काउन्सिलर एवं गोर्खा मेमोरियल फण्डका संस्थापक अध्यक्ष धन गुरुङ ६ वर्ष अघि फोकस्टन टाउनको काउन्सिलर छंदा गोर्खा इतिहास जीवन्त राख्न परिकल्पना गरेको आफ्नो प्रोजेक्टले साकार रुप लिएपछि दंग देखिन्थे । समारोहमा गुरुङले स्मारकले आधुनिक गोर्खाहरुको प्रतिनिधित्व गर्ने अपेक्षा व्यक्त गर्दै स्मारकबाट दोश्रो पुस्ताका नेपाली र बेलायती युवाले गोर्खाबारे शिक्षा लिने विश्वास समेत व्यक्त गरे ।
‘यो प्रथम र दोश्रो विश्वयुद्धमा लडेका करिब दुई लाख गोर्खा र युद्धमा ज्यान गुमाएका करिब ४६ हजार योद्धाहरुको सम्मानमा पनि समर्पित छ’, गुरुङ भन्दै थिए ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ