फानबोरो । ग्रेटर रसमुर नेपाली कम्युनिटीले स्थानीय संघसंस्थाको सहयोगमा फिट फर रन एण्ड फन (रसमुर १० के च्यारिटी रन) सम्पन्न गरेको छ । आइतबार ग्रेटर रसमुर नेपाली कम्युनिटी, नया युवा, रसमुर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्सको संयुक्त पहलमा पहिलो पटक रसमुरमा उक्त दौड भएको हो ।
नेपाली र स्थानीय समुदायलाई एकै ठाउंमा ल्याई आपसी सम्वन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त दौडमा ५ सय सहभागी भए । नेपाली समुदायका तर्फबाट १ सय ६५ जनाले भाग लिएको र ४५ जना स्वयंसेवकले सहयोग गरेको कम्युनिटीले जनाएको छ ।
उक्त दौड उद्घाटन महिलातर्फ ओलम्पिक रनर च्याम्पियन स्टेफ टोयलले गरेकी थिइन् भने कार्यक्रमको सुरु देखि अन्त्यसम्म सञ्चालनको जिम्मा ब्ल्याक वाटर भ्याली रनर्सका डाइरेक्टर स्टिभ राड्क्लिफ र नेपालीका तर्फबाट कन्ट्रोल रूमको जिम्मा जी आर एन सी का महासचिव रन्जिता मल्लले सम्हालेकी थिइन् । त्यसैगरि, फोटोग्राफीको जिम्मेवारी प्रवक्ता मान गुरुङ र सूर्य प्रकाश गुरुङले वहन गरेका थिए । दौडको प्रत्यक्ष प्रसारण रेडियो बिजिडब्लुएस् मार्फत सञ्चालिका पुष्पा गुरुङले गरेकी थिइन् ।
दौडमा सबैलाई उछिन्दै पुरुषतर्फ स्कट केनेडी, महिलातर्फ एमा पल्टर र १७ वर्ष मुनिको तर्फबाट स्तेप्लेंन जोन्स् प्रथम भए भने नेपालीबाट जी आर एन सी का सल्लाहकार खिम गौचन प्रथम भए ।
कार्यक्रममा ब्ल्याक वाटर भ्याली रनर्सका डाइरेक्टर स्टिभ राड्क्लिफले नेपालीको अदभूत सहयोगका लागि ग्रेटर रसमुर नेपाली कम्युनिटीलाई धन्यवाद दिए भने ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष ओम थापाले दौड संयोजनको सफल जिम्मेवारी निर्वाह गर्ने जी आर एन सी का काउन्सिल समन्वयकर्ता नेम थापा लगायत सम्पूर्ण कार्यसमिति, प्रायोजक र प्रथम नौमती बाजा गुल्मी यूके लगायत सहयोगीलाई धन्यवाद दिएका थिए ।
सोही अवसरमा सुरुदेखि अन्त्यसम्म नेपालीमात्र नभई गोरा समुदायका महिला तथा पुरुषहरु समेत नौमती बाजाको तालमा कम्मर मर्काइ मर्काई नाचेर मनोरन्जन लिएका थिए । उक्त अवसरमा सल्लाहाकार शेर सुनारले दिवा भोज प्रायोजन गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो