लण्डन । नेपाल प्रज्ञा परिषद्का पूर्व कुलपति तथा साहित्यकार बैरागी काइँलालाई लण्डनमा सम्मान गरिएकाे छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले लण्डनमा शनिबार अायाेजना गरेकाे एक कार्यक्रममा उनलाई विशेष सम्मान गरिएकाे हाे । उनला प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले नेपाली ढाकाटाेपी दाेसल्ला र सम्मान पत्रसहित सम्मान गरे ।
काइँलाले पाँच दशकदेखि नेपाली साहित्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
यसैगरी, कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारूङ, पत्रकार तथा कथाकार राजकुमार दिक्पाल र पत्रकार नाअाेति नेम्वाङलाई पनि सम्मान गरिएकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गीतकार मुकेश राईकाे रङ जीन्दगीकाे गीत संग्रह प्रमुख अतिथि बैरागी काइँलाले विमाेचन गरे । विमाेचित कृतिका बारेमा नरेश काङमाङ राईले प्रकाश पारेका थिए भने स्रष्टा राईले कृति लेखनका बारेमा बताएका थिए ।
साहित्यकार रक्ष राईलाई प्रतिष्ठानले यसपटककाे अभिव्यक्ति श्रृंखलामा मन्च प्रदान गरेकाे थियाे । मंच ग्रहण गर्दै उनले अाधादर्जन कविता सुनाएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बैरागी काइँलाकाे जीवनी सुनाएका थिए भने काेषाध्यक्ष देवेन्द्र खेरेसले काइँलाकाे मातेकाे मान्छे र सडक शीर्षककाे कविता वाचन गरेका थिए ।
सचिव नरेश नातिले संचालन गरेकाे कार्यक्रममा उपाध्यक्ष टंक वनेमले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सम्मानित व्यक्ति्वहरू काइँला, मुकारूङ र दिक्पालले मन्तव्य दिएका थिए भने प्रतिष्ठानका अाजिवन सदस्य लालसुन्दर राईले कविता सुनाएका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा