लण्डन । नेपाल प्रज्ञा परिषद्का पूर्व कुलपति तथा साहित्यकार बैरागी काइँलालाई लण्डनमा सम्मान गरिएकाे छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले लण्डनमा शनिबार अायाेजना गरेकाे एक कार्यक्रममा उनलाई विशेष सम्मान गरिएकाे हाे । उनला प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले नेपाली ढाकाटाेपी दाेसल्ला र सम्मान पत्रसहित सम्मान गरे ।
काइँलाले पाँच दशकदेखि नेपाली साहित्य क्षेत्रमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
यसैगरी, कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारूङ, पत्रकार तथा कथाकार राजकुमार दिक्पाल र पत्रकार नाअाेति नेम्वाङलाई पनि सम्मान गरिएकाे थियाे ।
प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गीतकार मुकेश राईकाे रङ जीन्दगीकाे गीत संग्रह प्रमुख अतिथि बैरागी काइँलाले विमाेचन गरे । विमाेचित कृतिका बारेमा नरेश काङमाङ राईले प्रकाश पारेका थिए भने स्रष्टा राईले कृति लेखनका बारेमा बताएका थिए ।
साहित्यकार रक्ष राईलाई प्रतिष्ठानले यसपटककाे अभिव्यक्ति श्रृंखलामा मन्च प्रदान गरेकाे थियाे । मंच ग्रहण गर्दै उनले अाधादर्जन कविता सुनाएका थिए ।
कार्यक्रममा प्रतिष्ठानका महासचिव मिजास तेम्बेले बैरागी काइँलाकाे जीवनी सुनाएका थिए भने काेषाध्यक्ष देवेन्द्र खेरेसले काइँलाकाे मातेकाे मान्छे र सडक शीर्षककाे कविता वाचन गरेका थिए ।
सचिव नरेश नातिले संचालन गरेकाे कार्यक्रममा उपाध्यक्ष टंक वनेमले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा सम्मानित व्यक्ति्वहरू काइँला, मुकारूङ र दिक्पालले मन्तव्य दिएका थिए भने प्रतिष्ठानका अाजिवन सदस्य लालसुन्दर राईले कविता सुनाएका थिए ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल