लन्डन । लिभर फेल भइ जीवनमरणको दोसांधमा रहेका कांग्रेस युवा नेता एवं नेविसंघका पूर्व महामन्त्री उमेशजंग रायमाझीको उपचारार्थ देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।
एनआरएनए आइसीसी सल्लाहकार विश्व आदर्श पण्डितले बेलायतबाट शुरु गरेको सहयोग संकलन अभियान अहिले विश्वभर फैंलदैछ । उनको वचाउका लागि थालिएको अभियानमा अहिले विद्यार्थी देखि एनआरएन अगुवासम्मले सहयोग गरिरहेका छन् ।
आफ्ना समकालिन नेताको स्वास्थ्यस्थिति बिग्रिएपछि कांग्रेस युवा नेता एवं समाजसेवी पण्डितले थालेको अभियानमा बेलायतबाट मात्रै ११ लाख रुपैयां संकलन भइ रायमाझीको खातामा पठाइसकिएको जनाए । पण्डितले रायमाझीको जिवनरक्षाका लागि सहयोग प्रदान गर्ने सबै दाताप्रति आभार व्यक्त गर्दै सहयोगका लागि अरुलाई समेत आग्रह गरेका छन् । पण्डितले अन्य विभिन्न देशबाट प्राप्त आश्वासनले रायमाझीको जीवन रक्षा गर्न सकिनेमा आशा जागेको समेत बताए ।
रायमाझीलाई एनआरएन अगुवाहरुले पनि सहयोग प्रदान गरेका छन् । एनआरएनए अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट र महासचिव कुमार पन्तले क्रमशः ५, २ र अढाइ लाख रुपैयां सहयोग गरेका हुन् ।
कलेजो प्रत्यारोपणका लागि उनलाई भारी रकम आवश्यक छ । सहयोग गर्न चाहनेले माथिको तस्विरमा उल्लेख गरिएको बैंक खातामा रकम पठाउन सक्नेछन् ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा