लन्डन । मनदेखि नै लगाव भए केही काम गर्न समय र पैसाले रोक्दैन । आरजु सन्जेल लन्डनमा अध्ययनरत अकाउन्टको विद्यार्थी हुन् तर उनको कलाप्रतिको समर्पण उत्तिकै बढि छ । उनले यूकेको व्यस्तताबीच लन्डनमा चित्रकला प्रदर्शनी गर्ने सोच यथार्थमा परिणत गरेरै छाडिन् । लन्डनस्थित नर्थहोल्ट लाइब्रेरीमा गत मंगलबार देखि उनको एकल चित्रकला प्रदर्शनी शुरु भएको छ जुन आगामी मंगलबारसम्म रहनेछ । प्रदर्शनीमा एक दर्जन चित्र टांगिएका छन् ।
प्रदर्शनीमा रहेका मध्ये ९ वटा चित्र चारकोल र ग्राफीट अनि बांकी तीनवटा पानी रंग र पेस्टल मिश्रणबाट बनाइएको आरजुले जनाइन् । ए थ्री र ए फाइभ साइजका ति चित्रले नेपालको प्रकृति समेत झल्काएका छन् । नेपालको लेक पनि उनको प्रदर्शनीमा समावेश छ । १८ वर्ष देखि उनले चित्र कोर्न थालेकी हुन् । एसीसीएको तीनवटा पेपर सकिएपछि उनी कलातिर झन् बढि समर्पित भइन् । १८ वर्ष छंदा उनलाई फोटोग्राफीको नशा समेत चढेर डिएसएलआर क्यामेरा नै किनेकी आरजु जीवनमा केही पृथक कुरा गर्न सधैं हौसिन्छिन् । फुर्सदमा उनी नयां प्रविधिबारे जान्न बुझ्न यूट्युव हेरिरहन्छिन् । सप्ताहन्त पुस्तकालयमा गएर कला सम्वन्धि पुस्तक अध्ययन उनको बानी हो । चित्र कोर्ने बेला यदाकदा कल्पनामा हराउंछिन् उनी । महिला, प्रकृति उनका रोजाइका विषयमा पर्छन् ।
हाल एसीसीएको विद्यार्थी भएपनि आर्ट विषय अध्ययनका लागि उनी अर्को वर्ष विश्वविद्यालय जाने सोचाइमा छिन् । बाबा देवकृष्ण सन्जेल र आमा मिरा खतिवडा सन्जेलकी सुपुत्री आरजु काठमान्डूमा जन्मिएकी हुन् ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ