बिहीबार, असोज १५ २०७७ | Thu, October 01, 2020
नेपालको समय: ०४:३४ | UK Time: 23:49

लन्डन आइपुगे साहित्यकारहरु

वीनेपाली
२०७२ असोज १३ गते २१:४७

12038081_10153206164043963_2050082873208584377_nलन्डन । लन्डनमा हुने साहित्यिक कार्यक्रममा भाग लिन नेपालका वरिष्ठ साहित्यकारहरु लन्डन आइपुगेका छन् । अन्तर्राष्ट्रिय वाङ्मय प्रतिष्ठान, बेलायतले अक्टोबर ११ का दिन लन्डनमा गर्ने साहित्यिक कार्यक्रमका लागि वरिष्ठ साहित्यकारहरु बैरागी काईंला, मदन पुरस्कार विजेता राजन मुकारुङ, पत्रकार राजकुमार दिक्पाल र काईंलाकी सुपुत्री नम्वाती नेम्वाङ लन्डन आइपुगेका हुन् ।

बैरागी काईंलालाई नेपाल प्रतिभा प्रतिष्ठान, बेलायतले तीन अक्टोबरमा हुने साहित्यिक कार्यक्रमका लागि निम्त्याएको हो ।

प्रतिष्ठानले लन्डनस्थित ब्लु अर्किड रेष्टुरेन्टमा ‘डायष्पोरामा आयामेली सन्दर्भ, आख्यानको विमर्श तथा साहित्य र पत्रकारिताको अन्तर सम्बन्ध’ विषयक अन्तरक्रिया गर्दैछ । नेपाली साहित्यमा इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काईंलाबाट 
‘आयामेली आन्दोलन’ (२०२०) प्रारम्भ भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक