मंगलबार, असोज १३ २०७७ | Tue, September 29, 2020
नेपालको समय: ०९:३२ | UK Time: 04:47

लन्डन उत्रिइन् कांग्रेस नेतृ कोइराला

वीनेपाली
२०७२ असोज १३ गते १४:२०

sujata-koirala

लन्डन । पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइराला बुधबार मध्यान्ह लन्डन उत्रिएकी छिन् ।

आगामी ४ अक्टोबरका दिन फोकस्टोन केन्टमा हुन गइरहेको गोर्खा मेमोरियल स्मारक उद्घाटन समारोहका लागि उनी मस्कोबाट लन्डन आइपुगेकी हुन् ।

कोइरालाको स्वागत गर्न कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीसहित कांग्रेस निकट नेपाली जनसम्पर्क समिति, बेलायतका पदाधिकारी हिथ्रो विमानस्थल पुगेका थिए ।

ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष गांठका अवसरमा उक्त स्मारक बनाइएको हो । गोर्खा मेमोरियल फण्डका अध्यक्ष पूर्व काउन्सिलर धन गुरुङका अनुसार, स्मारक उद्घाटनका लागि ब्रिटिश अभिनेत्री जोआना लुम्लेसहित बेलायती तथा नेपाली विशिष्ठ व्यक्तिहरुको सहभागिता रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक