लन्डन । लन्डनमा अति व्यस्त एभरेष्ट स्पाइस रेष्टुरेन्टको छैठौं आउटलेट खुलेको छ । लन्डनको पोस एरिया स्ट्यानमोर हिलमा रेष्टुरेन्ट खुलेको हो । सभाकक्ष समेत गरि ५ सय बढि सिट क्षमताको उक्त इन्डियन रेष्टुरेन्ट आइतबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सञ्चालक मिलन भट्टराईकै शब्दमा नेपालीले लन्डनमा सञ्चालन गरेको यति ठूलो रेष्टुरेन्ट सम्भवतः यो पहिलो हो ।
गत आइतबार सांझ आयोजित उद्घाटन समारोहमा सञ्चालक भट्टराईले व्यवसाय विस्तारका क्रममा खुलेको आफ्नो छैठौं रेष्टुरेन्टले स्वादिष्ट खानामात्र होइन, विभिन्न सभा समारोह गर्न उचित स्थान उपलव्ध समेत गराउने जनाए । उनले नेपाली समुदायका लागि विभिन्न समारोह गर्न विशेष छुट दिने जनाउंदै यसबाट लाभान्वित हुन नेपालीलाई आग्रह समेत गरे ।
भट्टराईले अब सेन्ट्रल लन्डनमा नामी टेक वे चेन खोल्ने योजना समेत बनाइएको जनाएका छन् । उद्घाटन समारोहकै लागि अष्ट्रिज नेपालका सञ्चालक तिलकराज कंडेल लन्डन आएका थिए । समारोहमा करिब चारसय अतिथी र ग्राहक निम्त्याइएको थियो । एभरेष्ट स्पाइसका हनीपट लेन र ह्यारो आउटलेट अति चल्ने मध्येका इन्डियन रेष्टुरेन्ट हुन् ।
भट्टराईले भूकम्प लगत्तै पीडितका लागि आफ्नो रेष्टुरेन्टमा च्यारिटी र व्यक्तिगत गरि ५० लाख रुपैयां नेपाल गएर प्रदान गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित