लन्डन । लन्डनमा अति व्यस्त एभरेष्ट स्पाइस रेष्टुरेन्टको छैठौं आउटलेट खुलेको छ । लन्डनको पोस एरिया स्ट्यानमोर हिलमा रेष्टुरेन्ट खुलेको हो । सभाकक्ष समेत गरि ५ सय बढि सिट क्षमताको उक्त इन्डियन रेष्टुरेन्ट आइतबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सञ्चालक मिलन भट्टराईकै शब्दमा नेपालीले लन्डनमा सञ्चालन गरेको यति ठूलो रेष्टुरेन्ट सम्भवतः यो पहिलो हो ।
गत आइतबार सांझ आयोजित उद्घाटन समारोहमा सञ्चालक भट्टराईले व्यवसाय विस्तारका क्रममा खुलेको आफ्नो छैठौं रेष्टुरेन्टले स्वादिष्ट खानामात्र होइन, विभिन्न सभा समारोह गर्न उचित स्थान उपलव्ध समेत गराउने जनाए । उनले नेपाली समुदायका लागि विभिन्न समारोह गर्न विशेष छुट दिने जनाउंदै यसबाट लाभान्वित हुन नेपालीलाई आग्रह समेत गरे ।
भट्टराईले अब सेन्ट्रल लन्डनमा नामी टेक वे चेन खोल्ने योजना समेत बनाइएको जनाएका छन् । उद्घाटन समारोहकै लागि अष्ट्रिज नेपालका सञ्चालक तिलकराज कंडेल लन्डन आएका थिए । समारोहमा करिब चारसय अतिथी र ग्राहक निम्त्याइएको थियो । एभरेष्ट स्पाइसका हनीपट लेन र ह्यारो आउटलेट अति चल्ने मध्येका इन्डियन रेष्टुरेन्ट हुन् ।
भट्टराईले भूकम्प लगत्तै पीडितका लागि आफ्नो रेष्टुरेन्टमा च्यारिटी र व्यक्तिगत गरि ५० लाख रुपैयां नेपाल गएर प्रदान गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो