लन्डन । लन्डनस्थित कानुनका एकजना ज्ञाता प्रा. डा. सूर्य सुवेदीले भारतले हाल गरिरहेको अघोषित नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन सम्मत नभएको टिप्पणी गरेका छन् । बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीले सन् १९६५ को पारवहन सन्धि र नेपाल भारत डब्लुटिओको सदस्य भएका हैसियतले भारतले आपूर्तिमा रोकतोक गर्नु अन्तर्राष्ट्रिय कानुन विपरित भएको उल्लेख गरे ।
भारतले आधिकारिक रुपमा नाकाबन्दी गरिएको नभनेको अवस्थामा नकारात्मक सोच्नु अलिक हतार हुने जनाउंदै नेपाल भारत बुझेका सुवेदीले भने, ‘आधिकारीक नभएपनि व्यवहारतः नाकाबन्दी जस्तो देखिएको छ । यस्तो गर्न अन्तर्राष्ट्रिय कानुनले भारतलाई अनुमति दिंदैन ।’
उनले सन् १९८९ मा भारतले आधिकारिक रुपमै दुईवटा नाकामात्र सञ्चालन गर्न सकिने बताएको उल्लेख गर्दै भने, ‘यसपटक औपचारिक रुपमै नाकाबन्दी गरिए नेपाल यस मुद्दा लिएर डब्लुटिओमा जान सक्छ ।’
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता