लन्डन । बेलायतमै निर्मित नेपाली कथानक चलचित्र यू टर्नको रेड कार्पेट प्रिमियर शो गत शनिवार रेडिङमा भएको छ । रेडिङस्थित लाइफ इस्प्रिङ चर्च द पेभिलियनमा आयोजित भव्य समारोहमा लिमोजिनमा ल्याइएका कलाकारहरु रेड कार्पेट हुंदै रिसेप्सनमा सहभागी भए । उक्त अवसरमा स्याम्पेन फोडियो, कलाकार र दर्शकले एकापसमा शुभकामना बांडे ।
शोमा प्रमुख अतिथी एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ र विशेष अतिथी चन्द्र सागर लामाले फिल्मका कलाकार, प्राविधिक लगायत सहयोगीलाई सिने अवार्डले सम्मान गरे ।
सरला थापाले सञ्चालन गरेको उक्त प्रिमियरमा करिब अढाइ सय सहभागी थिए । विदेशीएका नेपालीको कथा समेटिएको उक्त फिल्म प्रेम लामाले निर्देशन गरेका हुन् । २४ वर्ष देखि बेलायत बस्दै आएका लामा निर्देशित यू टर्न तेश्रो फिल्म हो । यसअघि उनले मेनिका र कसुर बनाएका थिए ।
यूटर्नमा विदेशीएका नेपालीको कथा छ । विदेश रहंदाका तीता मिठा भोगाइ चलचित्रले उजागर गर्ने प्रयास गरेको छ । प्रिमियर शोमा पुगेका दर्शकले प्रविधि र कथावस्तुका हिसावले यू टर्न लामाको यसअघिका दुई फिल्मभन्दा उत्कृष्ट रहेको प्रतिक्रिया दिएका थिए । निर्देशक लामा पनि यस फिल्मबाट बढि आशावादी देखिन्छन् ।
उक्त फिल्म प्रेमिस भिजनका लागि तारा लामाले प्रस्तुत गरेकी हुन् भने निर्माता दिनेशकुमार लामा छन्् । संगीत सुरेश अधिकारी र छायांकन कुशल श्रेष्ठ एवं विसन गुरुङको छ । यू टर्नमा निता पुन, इतिसा नेम्वाङ राई, प्रेम लामा, दीपक गुरुङ लगायत बेलायतकै स्थानीय नेपाली कलाकारको अभिनय छ । करिब तीस हजार पाउण्ड (५० लाख रुपैयां) लगानीमा बनेको यू टर्न बेलायतका विभिन्न शहर र पछि नेपालमा समेत प्रदर्शन गरिने फिल्म निर्माण पक्षले जनाएको छ ।
तस्विरहरुः के के मुभिज प्रोडक्शन
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ