
लन्डन । राष्ट्रकवि माधवप्रसाद घिमिरेको ९० औं जन्मदिनका अवसरमा बेलायतका साहित्यकारहरुले घिमिरेको निवासमा गएर शुभकामना दिएका छन् । नेपाली साहित्य विकास परिषद र यसको नेपाल च्याप्टरका सल्लाहकार तथा कार्यसमिति पदाधिकारीहरुले नयां ढंगले राष्ट्रकविको जन्मदिन मनाएका हुन् ।
बेलायतबाट गएका नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा वर्तमान अध्यक्ष साहित्यकार सुरेशजंग शाहका साथ नेपाल च्याप्टरका सल्लाहकार गोपाल पराजुली सहित कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष साहित्यकार इल्या भट्टराई, महासचिव पत्रकार हरिशरण लामिछाने, कोषाध्यक्ष साहित्यकार मुक्ति घिमिरे, समालोचक डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार पत्रकार जयदेव भट्टराई, साहित्यकार ललिता दोषी, साहित्यसेवी राजेशजंग शाह आदिले राष्ट्रकविको निवासमा गएर फूलमाला, फल र सगुन दिई शुभकामना अर्पण गरेर दीर्घायुको कामना गरे ।
उक्त अवसरमा राष्ट्रकविले उठेका साहित्यिक प्रश्नको उत्तर दिँदै आफ्नो महाकाव्य अर्को जन्मदिनसम्ममा बाहिर आउने बताए ।
जन्म दिनको शुभकामना दिन गएको साहित्यकारहरुको टोलीले राष्ट्रकविको साहित्यिक सङ्ग्रहालय अवलोकन गरी उनीप्रति सम्मान अर्पण गरेको थियो ।
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ