
लन्डन । लन्डनवासी एक नेपाली युवा प्रशान्त गुरुङ भूकम्प पीडितको सहयोगार्थ इलिङ हाफ म्याराथनमा सहभागी भएका छन् । तमु समाज यूकेका युथ मेम्बर प्रशान्तले सप्ताहन्त उक्त म्याराथनमा सहभागी भएर एघारसय पाउण्ड संकलन गरेका छन् । कुल २ हजार पाउण्ड उठाउने लक्ष्य प्रशान्तको छ ।
प्रशान्तलाई हौसला प्रदान गर्न तमु समाज यूकेका वर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ दौड समापन लाइनमा पुगेर उनलाई बधाई तथा शुभकामना दिएका थिए । प्रशान्तले छिट्टै हल्याण्डमा हुने एकसय माइल दौड प्रतियोगितामा पनि भाग लिने बताइएको छ ।
तमु समाज यूकेका पूर्व उपाध्यक्षहरु बाबा ले. (रि.) पञ्चबहादुर गुरुङ र आमा रेणुमाया गुरुङका सुपुत्र प्रशान्तले विगत देखि नै समाजका लागि सहयोग गर्दै आएका थिए ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक