
लन्डन । लन्डनवासी एक नेपाली युवा प्रशान्त गुरुङ भूकम्प पीडितको सहयोगार्थ इलिङ हाफ म्याराथनमा सहभागी भएका छन् । तमु समाज यूकेका युथ मेम्बर प्रशान्तले सप्ताहन्त उक्त म्याराथनमा सहभागी भएर एघारसय पाउण्ड संकलन गरेका छन् । कुल २ हजार पाउण्ड उठाउने लक्ष्य प्रशान्तको छ ।
प्रशान्तलाई हौसला प्रदान गर्न तमु समाज यूकेका वर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ दौड समापन लाइनमा पुगेर उनलाई बधाई तथा शुभकामना दिएका थिए । प्रशान्तले छिट्टै हल्याण्डमा हुने एकसय माइल दौड प्रतियोगितामा पनि भाग लिने बताइएको छ ।
तमु समाज यूकेका पूर्व उपाध्यक्षहरु बाबा ले. (रि.) पञ्चबहादुर गुरुङ र आमा रेणुमाया गुरुङका सुपुत्र प्रशान्तले विगत देखि नै समाजका लागि सहयोग गर्दै आएका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो