लन्डन । विश्व मुटु दिवसको पूर्व सन्ध्यामा नेपलिज हार्ट फाउण्डेशन यूकेले आइतबार लन्डनमा एक सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष विकलचन्द्र आचार्यले बेलायतवासी नेपालीले आफूलाई मुटु रोगी भन्न नचाहने र नियमित स्वास्थ्य जांच नगर्ने पाइएको बताए । प्रतिष्ठा र अपमानित हुनुपर्ने भयले अधिकांशले आफ्नो समस्याबारे खुलेर बोल्न नसकेको आचार्यको ठहर छ ।
कार्यक्रममा आफैं मुटु रोगबाट बांच्न सफल आचार्यले आफ्नो उमेर, ठेगाना थाह भएजस्तै आफ्नो रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा जान्नु पर्ने औंल्याए । त्यही अनुरुप जीवनशैलीमा परिवर्तन, नियमित व्यायाम, खानपिनमा ध्यान र नियमित स्वास्थ्य जांच मुटु रोगबाट बच्न सकिने उपाय भएको उनले उल्लेख गरे ।
साधारण रोगबारे लक्षण थाह नहुनु या बेवास्ता गर्नु अनि अस्पताल जान संकोच मान्नुले अझैपनि धेरै मानिस जोखिममा बांचिरहेका आचार्यको बुझाइ छ । न्यूनतम स्वास्थ्यको ज्ञानले कोरोनरी मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्ने यस रोग सम्वन्धि पुस्तक कोरोनरी मुटुरोग २०१० का लेखक समेत रहेका आचार्यले जनाए ।
उनले धुमपान, मोटोपन, बढी मदिरा सेवन, परिवारमा मुटुरोगको इतिहास आदि मुटुरोग जोखिमका कारण रहेको पनि प्रष्ट पारे । उनका भनाइमा दक्षिण एसियाली र अफ्रो क्यारेवियन नागरिकलाई अन्यलाई भन्दा ५ गुणा बढि मुटु रोगको जोखिम रहेको बताए । अहिले वर्षमा संसारभर करिब १८ करोड मानिस कार्डियो भास्कुलर रोगबाट मर्ने तथ्यांक छ ।
सन् २००० देखि सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउन थालिएको हो । सन् ७० र ८० को दशकमा धेरै मानिस अस्पताल नै नगई अकालमा ह्दयघातबाट मरेपछि पश्चिमी देशका सरकार र गैर सरकारी संस्थाहरुले छाती दुख्दा बेवास्ता नगरौं भनि धेरै विज्ञापन गरि मानिसहरुलाई अस्पताल जान उक्साएका थिए । त्यतिबेला धेरै मानिसलाई मुटुरोगबारे न्यूनतम ज्ञान नभएर जोखिममा रहेको अवस्था थियो । यस्ता सन्देशमुलक विज्ञापनको अभ्यासले हालैका दिन मानिसमा चेतनाको अभिवृद्धि भएपनि अझै कयौं मानिस अज्ञानताका कारण मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी छ ।
उक्त सचेतना कार्यक्रममा फाउण्डेशनका संयोजक समेत रहेका नर्स बासु लामिछानेले मुटु रोगका लक्षण र तत्काल अपनाउनुपर्ने उपायबारे अवगत गराए । कार्यक्रममा अन्तर्राष्टिय बांग्मय प्रतिष्ठान, बेलायतकी महासचिव जया राई, एनआरएनए यूके आइसीसी सदस्य विश्वासदीप तिगेला, गोर्खाली समाज यूकेका अध्यक्ष भरत रोका लगायत विभिन्न व्यक्तिले मुटु रोगबारे छलफल र जिज्ञासा राखेका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा