लन्डन । विश्व मुटु दिवसको पूर्व सन्ध्यामा नेपलिज हार्ट फाउण्डेशन यूकेले आइतबार लन्डनमा एक सचेतना कार्यक्रम गरेको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष विकलचन्द्र आचार्यले बेलायतवासी नेपालीले आफूलाई मुटु रोगी भन्न नचाहने र नियमित स्वास्थ्य जांच नगर्ने पाइएको बताए । प्रतिष्ठा र अपमानित हुनुपर्ने भयले अधिकांशले आफ्नो समस्याबारे खुलेर बोल्न नसकेको आचार्यको ठहर छ ।
कार्यक्रममा आफैं मुटु रोगबाट बांच्न सफल आचार्यले आफ्नो उमेर, ठेगाना थाह भएजस्तै आफ्नो रक्तचाप, रगतमा चिनी र कोलेस्ट्रोलको मात्रा जान्नु पर्ने औंल्याए । त्यही अनुरुप जीवनशैलीमा परिवर्तन, नियमित व्यायाम, खानपिनमा ध्यान र नियमित स्वास्थ्य जांच मुटु रोगबाट बच्न सकिने उपाय भएको उनले उल्लेख गरे ।
साधारण रोगबारे लक्षण थाह नहुनु या बेवास्ता गर्नु अनि अस्पताल जान संकोच मान्नुले अझैपनि धेरै मानिस जोखिममा बांचिरहेका आचार्यको बुझाइ छ । न्यूनतम स्वास्थ्यको ज्ञानले कोरोनरी मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्ने यस रोग सम्वन्धि पुस्तक कोरोनरी मुटुरोग २०१० का लेखक समेत रहेका आचार्यले जनाए ।
उनले धुमपान, मोटोपन, बढी मदिरा सेवन, परिवारमा मुटुरोगको इतिहास आदि मुटुरोग जोखिमका कारण रहेको पनि प्रष्ट पारे । उनका भनाइमा दक्षिण एसियाली र अफ्रो क्यारेवियन नागरिकलाई अन्यलाई भन्दा ५ गुणा बढि मुटु रोगको जोखिम रहेको बताए । अहिले वर्षमा संसारभर करिब १८ करोड मानिस कार्डियो भास्कुलर रोगबाट मर्ने तथ्यांक छ ।
सन् २००० देखि सेप्टेम्बर २९ का दिन विश्व मुटु दिवस मनाउन थालिएको हो । सन् ७० र ८० को दशकमा धेरै मानिस अस्पताल नै नगई अकालमा ह्दयघातबाट मरेपछि पश्चिमी देशका सरकार र गैर सरकारी संस्थाहरुले छाती दुख्दा बेवास्ता नगरौं भनि धेरै विज्ञापन गरि मानिसहरुलाई अस्पताल जान उक्साएका थिए । त्यतिबेला धेरै मानिसलाई मुटुरोगबारे न्यूनतम ज्ञान नभएर जोखिममा रहेको अवस्था थियो । यस्ता सन्देशमुलक विज्ञापनको अभ्यासले हालैका दिन मानिसमा चेतनाको अभिवृद्धि भएपनि अझै कयौं मानिस अज्ञानताका कारण मुटुरोगबाट ज्यानै गुमाउने या पीडित हुने क्रम जारी छ ।
उक्त सचेतना कार्यक्रममा फाउण्डेशनका संयोजक समेत रहेका नर्स बासु लामिछानेले मुटु रोगका लक्षण र तत्काल अपनाउनुपर्ने उपायबारे अवगत गराए । कार्यक्रममा अन्तर्राष्टिय बांग्मय प्रतिष्ठान, बेलायतकी महासचिव जया राई, एनआरएनए यूके आइसीसी सदस्य विश्वासदीप तिगेला, गोर्खाली समाज यूकेका अध्यक्ष भरत रोका लगायत विभिन्न व्यक्तिले मुटु रोगबारे छलफल र जिज्ञासा राखेका थिए ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?