लण्डन । स्वीण्डन बाेराे काउन्सिलले सेवा निवृत्त गाेरखा सैनिकका श्रीमतीहरूलाई निशुल्क बस पास दिने प्रस्तावमाथि साेच विचार गर्ने भएकाे छ ।
काउन्सिलका काउन्सिलर तथा यातायात समितिका सदस्य डेल हिनानले सैन्य सेवाका पेन्सनरहरूका श्रीमतीहरूलाई निशुल्क बस पास पाउने उमेर नपुगे पनि यस्ताे सुविधा दिन सकिन्छ कि भनि स्थानिय सांसदहरूलाई पत्राचार गरेकाे बताए ।
स्वीण्डनस्थित गाेरखा ज्येष्ठ नागरिक समाजले पेन्सनर गाेरखाका कम उमेरका श्रीमतीहरूलाई निशुल्क बस पास दिन माग गर्दै अाएकाे छ । समाजका संयाेजक लालसुन्दर राई गाेरखाहरूकाे सम्बन्ध विच्छेद दर सामान्य नेपालीभन्दा दुगुना भएका कारण उनीहरूका श्रीमतीहरू कम उमेरका हुने गरेकाे र श्रीमानले निशुल्क बस पास पाउने उमेर पुगिसक्दा पनि श्रीमतीहरूले कम उमेरका कारण यस्ताे सुविधा नपाउँदा समस्या अाएकाे बताए ।
यसले सामाजिक बहिष्करण ल्याएकाे, साथीभाइ, नातागाेता, परिवार भेट्न मात्र हाेइन अस्पताल, काउन्सिलका भेटघाटमा पनि समस्या ल्याएकाे राईकाे भनाइ छ । ‘हामीले बेलायतका लागि लड्याैँ, १३ वटा भिक्टाेरिया क्रस पनि पायाैँ । अहिले हाम्रा श्रीमतीलाई सानाे मद्दतका लागि लड्नु अति नै हुन्छ’ उनले भने ।
काउन्सिलर हिनानले निश्चित उमेर पुगेपछि सबैले निशुल्क बस पास पाउने तर गाेरखाहरूका सन्दर्भमा कम उमेर भएकालाई दिनुपर्छ भन्ने माग अाफू सैनिक पृष्ठभूमिबाट अाएकाले बुझेकाे बताए । काउन्सिलले सबैलाई समान व्यवहार गर्नपर्ने भएकाले यदि यस्ताे सुविधा पूर्व सैनिकहरूलाई विस्तार गर्न सकिन्छ कि भनेर लागिपरेकाे उनकाे भनाइ थियाे ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]