लण्डन । स्वीण्डन बाेराे काउन्सिलले सेवा निवृत्त गाेरखा सैनिकका श्रीमतीहरूलाई निशुल्क बस पास दिने प्रस्तावमाथि साेच विचार गर्ने भएकाे छ ।
काउन्सिलका काउन्सिलर तथा यातायात समितिका सदस्य डेल हिनानले सैन्य सेवाका पेन्सनरहरूका श्रीमतीहरूलाई निशुल्क बस पास पाउने उमेर नपुगे पनि यस्ताे सुविधा दिन सकिन्छ कि भनि स्थानिय सांसदहरूलाई पत्राचार गरेकाे बताए ।
स्वीण्डनस्थित गाेरखा ज्येष्ठ नागरिक समाजले पेन्सनर गाेरखाका कम उमेरका श्रीमतीहरूलाई निशुल्क बस पास दिन माग गर्दै अाएकाे छ । समाजका संयाेजक लालसुन्दर राई गाेरखाहरूकाे सम्बन्ध विच्छेद दर सामान्य नेपालीभन्दा दुगुना भएका कारण उनीहरूका श्रीमतीहरू कम उमेरका हुने गरेकाे र श्रीमानले निशुल्क बस पास पाउने उमेर पुगिसक्दा पनि श्रीमतीहरूले कम उमेरका कारण यस्ताे सुविधा नपाउँदा समस्या अाएकाे बताए ।
यसले सामाजिक बहिष्करण ल्याएकाे, साथीभाइ, नातागाेता, परिवार भेट्न मात्र हाेइन अस्पताल, काउन्सिलका भेटघाटमा पनि समस्या ल्याएकाे राईकाे भनाइ छ । ‘हामीले बेलायतका लागि लड्याैँ, १३ वटा भिक्टाेरिया क्रस पनि पायाैँ । अहिले हाम्रा श्रीमतीलाई सानाे मद्दतका लागि लड्नु अति नै हुन्छ’ उनले भने ।
काउन्सिलर हिनानले निश्चित उमेर पुगेपछि सबैले निशुल्क बस पास पाउने तर गाेरखाहरूका सन्दर्भमा कम उमेर भएकालाई दिनुपर्छ भन्ने माग अाफू सैनिक पृष्ठभूमिबाट अाएकाले बुझेकाे बताए । काउन्सिलले सबैलाई समान व्यवहार गर्नपर्ने भएकाले यदि यस्ताे सुविधा पूर्व सैनिकहरूलाई विस्तार गर्न सकिन्छ कि भनेर लागिपरेकाे उनकाे भनाइ थियाे ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक