लण्डन । गैरआवासीय नेपाली संघ (एनअारएन) काे युराेप संयाेजक पदमा वर्तमान उपसंयाेजक साेम सापकाेटाले उम्मेदवारी दिने भएका छन् ।
सापकाेटा सन् २००४ बाट एनअारएनमा अावद्ध छन् ।
उनले अाफू संयाेजक भएमा उनले युरोप क्षेत्रका २७ राष्ट्रिय समन्वय परिषद, केन्द्र तथा नेपाल सरकार, सरोकारवाला यूरोपका नेपाली राजदुताबास, युरोपबाट नेपाललाई सहयोग गर्ने गैर सरकारी संस्था तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर युरोपमा नेपालीहरुका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधान गर्ने अजेण्डा अघि सारेका छन् ।
युरोपमा बैदेसिक रोजगारका लागि सरकारसंग समन्वय गर्ने, युरोपका नेपालीबीच सामुहिक लगानीको वातावरण बनाउने, नेपालको पर्यटन, कला सँस्कृतिको विकास र प्रबर्धन तथा महाभूकम्पले जर्जर नेपालको पुनर्निर्माणको लागि समन्वय गर्ने उनकाे याेजना छ ।
सापकाेटा यसअघि एनअारएन पोर्चुगलकाे सदस्य, डेनमार्कको संस्थापक अध्यक्ष, अन्तर्राष्ट्रिय समन्य परिषदकाे सदस्य भइसकेका छन् ।
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त