
लन्डन । एजियन महिला एसोसिएसन (आमा) को दशौं तीज पार्टी गत १२ सेप्टेम्बर भव्य रुपमा सम्पन्न भएको छ । करिब ९ सय सहभागी दिदीबहिनीबीच सामुयल कोडी स्पोर्टस् सेन्टर, फार्नबोरोमा कार्यक्रम भएको हो ।
कार्यक्रममा भूकम्पपछि प्रभावित क्षेत्रमा खटिएर योगदान
गर्ने समाजसेवी महिला सरला थापा र अर्की नेपालप्रेमी अन्ना फ्रोस्ट अतिथीका रुपमा थिए । उनीहरुले पानसमा दीप प्रज्वलन गरि तीज पार्टी उद्घाटन गरेका थिए । फ्रोस्ट फार्नबोरोमा नेपाली महिलालाई हस्तकला सिकाइरहेकी छिन् ।
कार्यक्रमको शुरुमा तीज कार्यक्रम शुरु भएको दशौं वर्षको उपलक्ष्यमा केक काटिएको थियो । उक्त अवसरमा आमाको गतिविधि प्रोजेक्टरमार्फत देखाइएको थियो ।
तीन पुस्ताबीच गराइएको नृत्य प्रतियोगितामा वेष्ट डान्सर हजुरआमा शिवदेवी सेन, वेष्ट डान्सर आमा रेखा कार्की, वेष्ट डान्सर छोरी रुवी गुरुङ र वेष्ट डान्सर छोरी सान्त्वना पांच वर्षीया श्रेया थापाले जिते । चर्चित नृत्याङना रश्मी पोखरेल र आमाकी सदस्य दुर्गा पुनको नृत्य हेर्न लायक थियो ।
तीज पार्टीमा राफल चिट्ठा समेत सञ्चालन गरिएको थियो जसमा सुमना श्रेष्ठले प्रथम उपहार सुनको सिक्का जितिन् भने दोश्रो पुरस्कार प्रेमकुमारी गुरुङ, तेश्रो शान्ता गुरुङ, चौंथो दीप गुरुङ, पांचौं गंगा गुरुङ र छैठौं पुरस्कार नवीना सुनारले जिते । उक्त राफलबाट संकलित रकम एकहजार तीस पाउण्ड संस्थाले भूकम्प पीडितहरुका लागि प्रदान गर्ने भएको महासचिव विभा गुरुङले जनाइन् । उक्त कार्यक्रम आमाकी अध्यक्ष अम्बिका खड्काको सभापतित्वमा सञ्चालन भएको थियो ।
आमाले यसअघि विभिन्न सामाजिक गतिविधि गरिसकेको छ । महिला सशक्तिकरणका लागि सन् २००६ मा स्थापित आमाले सन् २०१० मा माइती नेपाललाई ७० हजार रुपैयां, सन् २०१४ मा बाढी पीडितका लागि बीएफबीएस् गोर्खा रेडियो नेपाल मार्फत एक लाख रुपैयां र गत वर्ष एनआरएनए यूके मार्फत वृद्धाश्रमका लागि २२० पाउण्ड सहयोग प्रदान गरेको थियो ।
आमाले पहिलो पटक यसै वर्ष ‘वुमेन्स् डे’ गरि आर्थिक संकलन गरेको थियो । संकलित रकम मध्येबाट रक्षा नेपाल र ब्लड क्यान्सर पीडित अन्जु कार्कीलाई सहयोग प्रदान गरिएको छ । आमाले यही साल रेस फर लाइफमा सहभागी भएर ९६५ पाउण्ड ५० पेन्स् संकलन गरेकामा ५०० पाउण्ड क्यान्सर रिसर्चलाई दिइसकेको छ ।
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
अमेरिकामा नेपालीसहित तीन मुलुकका आप्रवासीको टिपिएस अन्त्यको बाटो खुल्यो
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]
नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण अझै अस्वस्थ
क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता