भक्तपुर, २५ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रेबीच आज बिहान बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।
भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राखेको उनले जनाए ।
संविधान जारी गर्न ढिलाइ गर्न नहुने र तराईको आन्दोलनलाई मत्थर बनाएर जानुपर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
उता, भारतीय राजदूत रायले एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसंग पनि भेटवार्ता गरेका छन् । ।
भेटवार्तामा संविधान लेखन प्रक्रिया र यसमा राजनीतिक दलहरुले निभाउँदै आएको भूमिकाका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा अध्यक्ष दाहालले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
सङ्घीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको समेत अध्यक्ष दाहालले बताएका थिए ।
राजदूत रायले छिटोभन्दा छिटो संविधान जारी होस् भन्ने पक्षमा भारत रहेको जानकारी दिँदै असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन अधिकतम प्रयत्न गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको बताइएको छ ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु