लन्डन । टेभिस्टक गल्फ क्लवले नेपालका भूकम्प पीडितका लागि हालै च्यारिटी फन डे कार्यक्रम गरेको छ । पूर्व गोर्खा अफिसर माइक रोय र उनकी जीवनसंगिनी जेनी साथै क्लवका स्वयंसेवकहरुद्धारा आयोजित च्यारिटीबाट ३८०२ पाउण्ड (करिब ७ लाख रुपैयां) संकलन भएको छ । उक्त रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालमा भूकम्प पीडित र पुनर्निर्माणमा खर्च गरिने क्लवले जनाएको छ । संकलित रकमबाट नेपालमा १५ वटा अस्थायी छाप्रा बनाउन सकिने विश्वास ट्रष्टको छ ।
उक्त अवसरमा ट्रष्टका साउथ वेष्ट अध्यक्ष ब्रिगेडियर ब्रुस ज्याकमेनले नेपालमा ट्रष्टको योगदानबारे प्रकाश पार्दै भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणमा सघाइरहेको उल्लेख गरे ।
ट्रष्टले नेपालमा मनसुन सकिंदै गर्दा भूकम्प पीडित गोर्खा भेट्रान र तिनको समुदायका लागि अस्थायी आवास गृह निर्माणमा चुनौती आइपरेको जनाउंदै आर्थिक सहयोग गर्न अपिल समेत गरेको छ ।
उक्त दिन आयोजित चार इभेन्टमा पुरुषतर्फ मार्क थोम्सन्, म्याट बोन, निक कोय र जेन थोम्सन् विजयी भए भने महिलातर्फ सेली टिम्पसन, मार्गरेट बर्न, प्याट पोप र सु इष्टउड विजयी भए ।
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
दक्षिण अस्ट्रेलियाको संसदमा दशैं-तिहार विशेष समारोह
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ