लन्डन । टेभिस्टक गल्फ क्लवले नेपालका भूकम्प पीडितका लागि हालै च्यारिटी फन डे कार्यक्रम गरेको छ । पूर्व गोर्खा अफिसर माइक रोय र उनकी जीवनसंगिनी जेनी साथै क्लवका स्वयंसेवकहरुद्धारा आयोजित च्यारिटीबाट ३८०२ पाउण्ड (करिब ७ लाख रुपैयां) संकलन भएको छ । उक्त रकम गोर्खा वेलफेयर ट्रष्टमार्फत नेपालमा भूकम्प पीडित र पुनर्निर्माणमा खर्च गरिने क्लवले जनाएको छ । संकलित रकमबाट नेपालमा १५ वटा अस्थायी छाप्रा बनाउन सकिने विश्वास ट्रष्टको छ ।
उक्त अवसरमा ट्रष्टका साउथ वेष्ट अध्यक्ष ब्रिगेडियर ब्रुस ज्याकमेनले नेपालमा ट्रष्टको योगदानबारे प्रकाश पार्दै भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणमा सघाइरहेको उल्लेख गरे ।
ट्रष्टले नेपालमा मनसुन सकिंदै गर्दा भूकम्प पीडित गोर्खा भेट्रान र तिनको समुदायका लागि अस्थायी आवास गृह निर्माणमा चुनौती आइपरेको जनाउंदै आर्थिक सहयोग गर्न अपिल समेत गरेको छ ।
उक्त दिन आयोजित चार इभेन्टमा पुरुषतर्फ मार्क थोम्सन्, म्याट बोन, निक कोय र जेन थोम्सन् विजयी भए भने महिलातर्फ सेली टिम्पसन, मार्गरेट बर्न, प्याट पोप र सु इष्टउड विजयी भए ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा