फ्रान्सले २४ हजार शरणार्थी लिने

पेरिस, २१ भदौ । फ्रान्सले कम्तीमा पनि २४हजार जना शरणार्थी लिने जनाएको छ । आफ्नो देशमा त्यति शरणार्थीको आवेदन लिने र उनीहरुलाई शरण दिने जनाएको हो ।

फ्रान्सका राष्ट्रपति फ्रासाँ ओल्याण्डले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ । उहाँले सोमबार सो बारेमा जानकारी दिनुभएको हो ।

एलिसीमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ओल्णडले सो घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा युरोपेली देशहरुमा शरण माग्नेहरुको भीडभाड बढ्न थालेको छ । जसका कारण कयौँ देशले यस बारेमा आ–आफ्नो नीति अख्तियार गर्नुपर्ने भएको छ ।

यही पृष्ठभूमिमा नै राष्ट्रपति ओल्णडले सो बारेमा घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री