
५ हजार आप्रवासी जर्मनी प्रवेश
बर्लिन (जर्मनी), २० भदौ । जर्मनीको प्रहरीले करिब ५००० आप्रवासी आइतबार जर्मनी प्रवेश गरेको जनाएको छ ।
आइतबार सबेरै ३००० विदेशी शरणार्थी जर्मनी आइपुगेका यहाँको प्रहरीका प्रवक्ताले जनाए ।
यसअघि शनिबार करिब ८००० शरणार्थी जर्मनी छिरेका थिए । उनीहरु हङ्गेरीबाट बस तथा रेल मार्ग हुँदै जर्मनी आइपुगेका उनले बताए ।
धेरै आप्रवासी हङ्गेरीबाट अस्ट्रिया हुँदै जर्मनीको म्युनिक पुगेका हुन् । प्रहरीले आइतबार मात्रै १० हजार भन्दा बढी शरणार्थी जर्मनी आइपुग्ने अनुमान गरेको छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
- गोरखाहरुलाई अति माया गर्ने ब्रायन स्टालेको निधन
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- ‘गोरखा सैनिकहरुलाई बेलायतको भिसा–नागरिकतावापत लिइने शुल्क खारेज हुनुपर्छ’
फेसबुक