कोलम्बो, ७ भदौ । मालद्वीपका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको समाचार छ ।
उहाँलाई केही समय मात्र अघि सरकारले १३ वर्षको जेल सजाय तोकेको थियो । त्यो सजायपछि पनि उहाँलाई घरैमा नजरबन्द राखिएको थियो ।
उक्त जेल सजाय सुरु भएको महिनादिन सम्म पनि घरैमा नजरबन्दमा राखिएको उहाँलाई सोमबार जेल चलान गरिएको समाचारमा जनाइएको छ ।
उहाँको दल मालिदिभियन डेमोक्र्याटिक पार्टीले नसिदलाई जेल चलान गरेको जानकारी सोमबारै दिएको छ ।
उक्त दलले यसअघिसम्म घरैमा नजरबन्द गरिएका अध्यक्षलाई जेल लगिएको भनी जानकारी दिएको छ । प्रहरीले जबर्जस्ती उहाँलाई घरैमा आएर भ्यानमा हालेका थिए ।
प्रहरीले उहाँलाई नियन्त्रणमा लिने क्रममा केही समयसम्म कार्यकर्ताहरुसँग झडप भएको जनाइएको छ । राजधानी मालेमा रहेको उहाँको निवासबाट प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको बताइएको हो ।
उहाँलाई यसरी जबर्जस्ती गरेर जेल चलान गर्नु भनेको माले सरकारको संविधानमाथि नै उल्लङ्घन हो– सो दलले विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।
उहाँ मालद्वीपमै पहिलो पटक प्रजातान्त्रिक रुपबाट राष्ट्रपति निर्वाचित हुनुभएको हो । उहाँलाइ गत मार्चमा १३ वर्षको जेल सजाय सुनाएका थियो ।
सन् २०१२ मा प्रहरीले विद्रोह गरी उहाँलाई हटाएको थियो । उहाँ सन् २००९ मा मालद्वीपको राष्ट्रपतिमा निर्वाचति हुनुभएको थियो ।
उहाँलाई मालद्वीपको सर्वाेच्च अदालतले गत मार्च महिनामा १३ वर्षको जेल सजाय सुनाएको थियो । आतङ्कवाद विरोधी कानुनले दोषी ठहर गरी उहाँलाई जेल सजाय तोकेको हो ।
तर पछि उहाँको जेल सजायमा कमी गरी नजरबन्द मात्रको प्रावधान राखिएको थियो । प्रहरीले अकस्मात सोमबार जेल चलान गरेपछि यसलाई थप सङ्कास्पद भनिएको छ ।