लन्डन । काठमाण्डूस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले अझै दश वर्ष नेपालका लागि राज्य विभाजन जरुरी नभएको बताएका छन् ।
हिथ्रो विमानस्थलमा सन्चारकर्मीहरुसंग कुरा गर्दै स्वामी अरुणले राज्य विभाजन, क्षेत्रीयता, धार्मिक विवाद जस्ता विषयहरु अहिले उठाउनु भनेको सर्पको दूलोमा हात हाल्नुजस्तो भएको बताए ।
हरेक वर्ष ध्यान शिविर सन्चालन गर्न बेलायत आउने गरेका स्वामी अरुण यो वर्ष पनि भोलि बिहीबारदेखि ध्यान शिविर सन्चालन गर्न मंगलबार लण्डन आइपुगेका हुन् ।
‘अहिले नेपालको मुख्य समस्या भनेको लोडशेडिङ हटाउनु, रोजगारी सिर्जना गर्नु र गरीबी घटाउनु हो, संघीयता होइन, उनले भने । ‘देशको आर्थिक समृद्धि गरेर, सबै नेपालीलाई गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, प्रतिदिन २४०० क्यालोरी खानाको व्यवस्था गरेर मात्र संघीयता जस्ता विषयमा छलफल गर्नुपर्ने थियो, त्यो अहिले हाम्रो प्राथमिकता होइन’, उनको धारणा थियो ।
आफूले तपोवनमा आएका शीर्ष नेताहरुलाई नेपालले चारवटा भन्दा बढी प्रदेश धान्न नसक्ने र त्यसकालागि पनि अहिले उपयुक्त समय नभएको बताउँदै आएको उनले स्मरण गरे।
आफू सन्न्यासी भएपनि देशको चिन्ताले गर्दा समुन्नत नेपाल सिर्जना गर्न आफूले राष्ट्रिय संवाद थालनी गरेको पनि उनले बताए ।
“नेताजीहरुले देशमा नभएको आगो लगाइदिए । अब यो आगो कसरी निभाउने होरु मलाई त्यही चिन्ता लागिरहन्छ,” उनले भने ।
नेपालका सामु लोडशेडिङ हटाउने कुरा पहिलो प्राथमिकता हुनुपर्छ भन्दै नेपालका पुराना इन्जिनियरहरुमध्ये एक स्वामी अरुणले लोडशेडिश हट्नासाथ धेरै रोजगारी तथा व्यवसायहरु सिर्जना हुने र आर्थिक गतिविधि स्वत बढने बताए । हालै गएको भूकम्पले नेपालले जलविद्युत आयोजनाहरुमा मात्रै भर पर्न नहुने पाठ सिकाएको बताउँदै स्वामी अरुणले सौर्य उर्जा प्रयोग गरेर ६ महिनामा नेपालबाट लोडशेडिङ हटाउन सकिने बताए ।
‘हामीसंग क्षमता छ, प्रविधिसम्म पहुँच पनि छ तर पनि लोडशेडिङको अँध्यारोमा बस्न वाध्य हुनुको मुख्य कारण कमिशनको खेल र बुद्धिमत्ताको कमी हो’, उनले भने ।
विदेशमा बस्ने नेपालीहरुमा नेपालप्रति बढी माया पाएको बताउँदै आफू हालै अमेरिकाको सुदूर प्रदेश अलास्का पुग्दा त्यहाँ पनि नेपालीहरुले राम्रो गरिरहेको पाएको बताए । ‘त्यहाँ केही नेपालीहरुले मिलेर निजी विमान पनि किनेका रहेछन् । कैयौं नेपाली युवतीहरु अमेरिकी सेनामा भर्ती भएर त्यहाँ पुगेको पनि पाएं’, उनले स्मरण गरे ।
‘सबैभन्दा ठूलो क्रान्ति विचारको क्रान्ति हो, बन्दूकको क्रान्तिमा मलाई विश्वास लाग्दैन’, स्वामी अरुणले भने,
‘हामी गरीब छौं किनभने हामी गलत विचारमा परेका छौं । अब नेपालमा वैचारिक र आर्थिक क्रान्तिको आवश्यकता छ ।’
ओशोले सँधै भौतिक र आध्यात्मिक सम्पत्तीलाई संगसंगै लिएर जान भनेको र त्यही सन्देश बोकेर आफू देशविदेश घुमिरहेको उनले बताए ।
‘प्रविधिको विरोध होइन, स्वीकारेरै जानुपर्छ । तर, जतिसुकै उच्च प्रविधि वा धनसम्पत्तीले हामीलाई सुखी तुल्याउन सक्दैन’ स्वामी अरुणले भने । शान्त, स्वस्थ र सुखी जीवनकालागि ध्यानको विकल्प नभएकोमा उनले जोड दिए ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी