सोमबार, मंसिर १५ २०७७ | Mon, November 30, 2020
नेपालको समय: ०७:०७ | UK Time: 01:22

म्यानमारमा सरकार, सेना र सशस्त्र समूहबीच महत्वपूर्ण शान्तिवार्ता

वीनेपाली
२०७२ साउन २३ गते ०:४६

याङगुन (म्यानमार), २२ साउन । म्यानमार सरकार र राष्ट्रिय सेना तथा जातीय सशस्त्र समूहबीच निर्वाचनको सङ्घारमा एउटा महत्वपूर्ण शान्तिवार्ता सुरु भएको छ ।

लामो समयको सङ्कटकालपछि म्यानमारमा सरकारले आगामी नोभेम्बरका लागि निर्वाचनको मिति तोकेको छ।

सरकार र सशस्त्र समूहबीचको बृहत छलफलपछि म्यानमारमा आधा शताब्दीदेखि चलिरहेको गृहयुद्ध शान्त हुने
सङ्केत देखा परेको छ ।

समान सहभागिताको विषय शान्तिवार्ताका लागि एक महत्वपूर्ण एजेण्डा हुनेछ । यद्यपि यहाँको सेनाले भने
अहिलेसम्म पनि लडिरहेका विद्रोही नेताहरूसँग अगाडि बढाइएको वार्तालाई खुलेर स्वीकार नगरेको विश्लेषकहरू
बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक