रियाद, २१ साउन । साउदी अरेबियाको दक्षिणी भूभागमा अवस्थित एक मस्जिदमा भएको बम हमलामा परी कम्तीमा पनि १७ जना प्रहरीको ज्यान गएको छ ।
प्राप्त समाचारअनुसार सो मस्जिदमा इस्लामिक स्टेट, आईएसले सो हमला गरेको हो । उक्त हमलामा परी अरु पनि कयौँ नागरिक घाइते भएका छन् ।
घाइते नागरिकको सङ्ख्या अझै स्पष्ट हुन सकिरहेको छैन । बम शक्तिशाली रहेकोले घाइते नागरिकको सङ्ख्या पनि निकै धेरै हुनसक्ने आशङ्का गरिएको छ ।
उक्त हमलाको जिम्मेवारी आईएसले लिएको छ । आईएसले यस्तै हमला गत महिना पनि गरेको थियो । उसले अरबका सिया मुस्लिम समूहलाई लक्ष्य गरी सो हमला गरेको बताइएको छ ।
साउदी अरेबियाको गुप्तचर निकायले त्यहाँका मस्जिदहरुमा हुनसक्ने भनिएका आक्रमणका घटनाको बारेमा आवश्यक सूचना प्राप्त गरेको जानकारी दिएको थियो ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग