
लन्डन । गोर्खा सत्याग्रह समितिले आफ्ना पूर्ण समानताका न्यायपूर्ण माग पुरा गराउन दवाव दिने उद्देश्यले स्कटल्याण्डमा विरोधका विभिन्न कार्यक्रम तर्जुमा गरेको छ । समितिले आफ्नो कार्यक्रम सशक्त ढंगले सम्पन्न गर्न इङ्ल्याण्डवाट एकसय जना भन्दा बढि गोर्खा तथा परिवारहरु यही अगष्ट १० तारिख स्कटल्याण्डतर्फ लैजाने जनाएको छ ।
आगामी अगष्ट १० देखि १४ तारिखसम्म स्कटल्याण्डमा रहंदा द्विशतवार्षिकी महाउत्सवको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमको शान्तिपूर्ण तर सशक्त रुपमा विरोध वहिस्कार गर्नु आफ्नो प्रमुख लक्ष्य हुने गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालले जनाएको छ ।
त्यस बाहेक स्कटिस राष्ट्रिय तथा अन्य दलका सांसद र नेताहरुलाई भेट्ने, ज्ञापन पत्र बुझाउने र आफ्ना जायज मागहरु यथाशीघ्र पुरा गराउन उनीहरुको सहयोगको लागि अनुरोध गर्ने समेत समितिको योजना छ ।
अगस्ट १२ तारिख मध्यान्ह १२ बजे स्कटल्याण्डको संसद कार्यालयमा विभिन्न सांसदलाई भेट्ने, ज्ञापन पत्र बुझाउने, सहयोगका लागि याचना गर्ने र त्यसपछि २ घण्टा संसद परिसरमा शान्तिपूर्ण मौन धर्ना दिने कार्यक्रम रहेको जनाउंदै समितिले कार्यक्रममा सहभागी भएर त्यसको प्रभावकारिता एवं शोभा बढाइ दिन एडिनबरा र त्यस आसपासका सबैमा अनुरोध गरेको छ ।
त्यसदिन चार घण्टामात्र समय दिए सकारात्मक परिणाम ल्याउन धेरै ठूलो योगदान पुग्ने विश्वास समितिको छ । जनताका ठूलठूला माग यस्तै लोकतान्त्रिक प्रकृयाहरु मार्फत पुरा भएको उदाहरण प्रस्तुत गर्दै समितिले आफ्ना मागहरु पनि ढिलोचांडो पुरा हुने आशा समेत व्यक्त गरेको छ ।
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
अस्ट्रियाकी मानवशास्त्रीको पुस्तक ‘तामाङ पोर्ट्रेट्स’ सार्वजनिक
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते