काठमाडौँ, २१ साउन । बङ्गलादेशमा सञ्चालन हुने सोह्र वर्षमुनि (यु–१६) उमेर समूहको तेस्रो साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भाग लिन जाने नेपाली टोलीको आज बिदाइ गरियो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना गरेको बिदाइ कार्यक्रममा सङ्घका अध्यक्ष एवम सभासद् गणेश थापाले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।
यही साउन २४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ राष्ट्रले भाग लिने भएका छन् । उक्त प्रतियोगितामा सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरेकोमा नेपाल समूह ‘बी’मा परेको छ ।
समूह ‘बी’मा नेपालसहित अफगानिस्तान र माल्दिभ्स छन् । त्यस्तै, समूह ‘ए’ मा भारत, श्रीलङ्का र बङ्गलादेश छन् । प्रतियोगितामा पाकिस्तान र भुटानले भने सहभागिता जनाएका छैनन् । प्रत्येक समूहको शीर्ष दुई÷दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।
सन् २०११ मा काठमाडौँमा नै भएको पहिलो साफ च्याम्पियनसिपमा नेपाल तेस्रो भएको थियो । त्यस्तै, सन् २०१३ मा भएको दोस्रो साफ च्याम्पियनसिपमा नेपालले भारतसँग पराजित हुँदै दोस्रो स्थान हासिल गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा यही साउन २५ गते माल्दिभ्सको सामना गर्नेछ ।
नेपाली टोलीमा गोलरक्षक अर्पण कार्की, आकाश रानाभाट, सन्देश गुरुङ छन् । त्यस्तै, डिफेन्डरमा रोमन लिम्बू, लक्ष्मण परियार, राजन गुरुङ, पवन कार्की, अनोस मगर, सुमन अर्याल र आशिष केसी छन् ।
मिडफिल्डरमा अभिषेक रिजाल, दिवस उरउ, कप्तान मनिस कार्की, सेसेहाङ आङ्दम्वे, अनिल महर्जन, विकास आले छन् भने फरवार्डमा राजिव लोप्चन, रेजिन सुब्बा, दिनेश हेनजन, प्रिजन तामाङ, राजेश परियार र क्षितिजराज जिटी छन् ।
त्यस्तै, मुख्य प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ भने सहायक प्रशिक्षक राजेश मानन्धर छन् । टोली आज नै त्यसतर्फ प्रस्थान गर्दैछ ।
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित