लण्डन । नेपलिज डक्टर्स एसोसिएसन (एनडिए) युकेको अध्यक्षमा डा. बिना थेबे निर्वाचित भएकी छिन् ।
एसोसिएसनको हालै युकेमा सम्पन्न साधारण सभाले डा. थेबेलाई अध्यक्षमा चुनेको हो ।
सन् १९८५ मा स्थापित एसोसिएसनमा निर्वाचित हुने डा. थेबे पहिलो महिला अध्यक्ष हुन् ।
साधारण सभाले निर्वाचित गरेको नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष डा. अरूणकुमार झा, उपाध्यक्षमा डा. सबिन जोशी, महासचिवमा कमल अर्याल, कोषाध्यक्षमा डा. बन्दना कर्ण, सहसचिवमा डा. रविन शेरचनलाई चुनेको छ । यस्तै सदस्यहरूमा श्रीमती डा. इभा गौतम, डा. किशोर लेखक, डा. सचिन गुरूङ, डा.विक्षण राइ र डा. लक्ष्मण पौडेल रहेका छन् ।
सन् १९५० को दशकबाट नेपाली चिकित्कहरू युकेमा अध्ययनका लागि अाउन शुरू गरेका हुन् ।
तीन दिने साधारणसभामा साँस्कृतिक कार्यक्रम, विज्ञान सम्बन्धी कार्यशाला र साधारण सभा हुने गरेको छ ।
नयाँ समितिको कार्यवधि अागामी दुइ वर्षका लागि तोकिएको छ ।
९ बुँदे ‘कोलोराडो घोषणापत्र’ जारी गर्दै सकियो नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
एनआरएनए ,अवकाश प्राप्त राष्ट्रसेवक, निजी क्षेत्रका विज्ञबीचको छलफलमा के भयो ?
नेपाल आदिवासी जनजाति महासङ्घद्वारा सांसदसमक्ष १८ बुँदे अडानपत्र प्रस्तुत
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी