लन्डन । एउटी नारीको जिन्दगीको तीन छुट्टाछुट्टै जीवनका घुम्तीहरुको कथावस्तुमा आधारित चलचित्र ‘तीन घुम्ती’ को रेड कार्पेट प्रिमियर आगामी २२ अगष्टमा प्रिन्सेस हल अल्डरसटमा हुने तयारी छ ।
नेपाली राजनीतिसंगै साहित्यमा पनि चर्चित नाम हो विशेश्वरप्रसाद कोइराला । उनले लेखेका थुप्रै कृति नेपालमा मात्र होइन, विश्वकै पाठक माझ चर्चित छन् । उनै वीपी कोइरालाले लेखेको चर्चित कृति ‘तीन घुम्ती’ मा आधारित रहेर चलचित्र निर्माण भएको छ । विभिन्न चर्चित साहित्यकारहरुको कृतिमाथि सिनेमा बन्ने क्रममा ‘तीन घुम्ती’ लाई पनि पर्दामा उतारिएको हो ।
परिस्थितिवश अलग अलग तीनवटै जीवनका उकाली ओराली घुम्तीहरुमा गरिएको निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती । निर्देशक बाबुराम ढकालले ‘तीन घुम्ती’ लाई आफ्नो चुनौती र सपनाको सिनेमा भनेका छन् ।
यसअघि ‘दुलही’, ‘पर्खिराख है’, ‘नाइन ओ क्लक’ जस्ता सिनेमा निर्देशन गरिसकेका ढकालले केही सफल टेलिश्रृंखला पनि बनाएका छन् ।
कर्मा प्रोडक्शनको ब्यानरमा तयार भएको चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद र वसन्त सापकोटा एवं डा. कृष्णहरी बरालको संगीतमा गीतहरु समावेश छन् । चलचित्रमा मुख्य नायक नायिकामा ध्रुव दत्त, गरिमा पन्त छन् भने अन्य कलाकारहरुमा लक्ष्मी गिरी, सुशान्त कार्की, मोहनदास श्रेष्ठ र प्रथम नेपाली हिरोइन भुवन चन्दले कलाकारको भूमिका निर्वाह गरेका छन् ।
उक्त चलचित्रको विशेष प्रदर्शन अगस्त महिनाको दोस्रो साता काठमाण्डौंमा विपी कोइराला स्मृति ट्रस्टका संरक्षक तथा प्रधानमन्त्री सुशील कोइराला लगायत अन्य शीर्षस्थ राजनैतिक नेता, वरिष्ठ साहित्यकार तथा नेपाली सिने जगतका वरिष्ठ निर्माता, निर्देशक तथा कलाकाहरुको उपस्थितिमा गरिने छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने