
वरिष्ठ कलाकार नीर शाह रु तीन लाख ५१ हजार ११ सहित ‘चलचित्र दीर्घ साधना’ सम्मान प्राप्त गरेपछि प्रसन्न मुद्रामा । तस्विरः रासस
काठमाडौँ, १२ साउन । राष्ट्रपति डा रामवरण यादवले चलचित्र क्षेत्रका विभिन्न आठ विधामा उत्कृष्टता हासिल गरेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरेका छन् । चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित विशेष समारोहमा उनले चलचित्र क्षेत्रमा लामो समय योगदान पुरयाएका वरिष्ठ कलाकार नीर शाहलाई रु तीन लाख ५१ हजार ११ सहित ‘चलचित्र दीर्घ साधना’ सम्मान प्रदान गरे ।
सो अवसरमा चलचित्र ‘कबड्डी’ले उत्कृष्ट चलचित्रको सम्मान पाएको छ । त्यस्तै उत्कृष्ट निर्देशनतर्फ ‘टलकजङ्ग भर्सेज टुल्के’का निर्देशक निश्चल बस्नेत, अभिनेतातर्फ ‘सम्बोधन’ चलचित्रका दयाहाङ राई तथा अभिनेत्रीतर्फ ‘टलकजङ्ग भर्सेज टुल्के’ की ऋचा शर्मा र ‘लभ यु बाबा’की सङ्गम विष्टले पुरस्कार हासिल गरेका छन् ।
लेखनतर्फ ‘कबड्डी’का उपेन्द्र सुब्बा र रामबाबु गुरुङ, सम्पादन र छायाङ्कनतर्फ ‘झिङ्ग्राना’ चलचित्रका क्रमशः निमेश श्रेष्ठ र शैलेन्द्रध्वज कार्की तथा आदिवासी जनजाति चलचित्रतर्फ राई भाषाको ‘मतान’की सुनिता बुढाथोकी मगर सम्मानित भए ।
उक्त अवसरमा राष्ट्रपति डा यादवले चलचित्र राष्ट्रिय पहिचानको संवाहकका साथै समकालीन समाजको ऐना भएको बताउँदै सामाजिक सांस्कृतिक मूल्यमा आएका परिवर्तन तथा मानवीय संवेदनालाई प्रस्तुत गर्न र समाज रुपान्तरणका लागि चलचित्र जगत्ले महत्वपूर्ण योगदान गरेको बताए ।
एक अर्को प्रसङ्गमा राष्ट्रपति डा यादवले विधि र प्रक्रियाका आधारमा संविधान निर्माणलाई अन्तिम निष्कर्षमा पुरयाउनुपर्ने बताउँदै संविधानसभाभित्र र बाहिरका असन्तुष्ट पक्षलाई समेटेर संविधान निर्माणमा अघि बढ्न प्रमुख दललाई आग्रह गरिएको स्मरण गराए ।
उनले संविधानवाद्को सिद्धान्तका आधारमा संविधान जारी गर्नुपर्ने बताउँदै भने, “संविधान पुस्तौं पुस्ता रहने राष्ट्रको दस्तावेज हो, यसमा लोतान्त्रिक, समानुपातिक, समावेशी तथा राष्ट्रिय मान्यता समेटिएको हुनुपर्छ, दलबीच भएका राजनीतिक सहमतिलाई संविधानवादको सिद्धान्तमा ढाली संविधान जारी गर्नुपर्छ ।”
सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले चलचित्र क्षेत्रका विभिन्न विधामा गरिएको सम्मानले सो क्षेत्रमा क्रियाशील व्यक्तिलाई थप उत्प्रेरित गर्ने र आगामी दिनमा यस क्षेत्रको थप गुणस्तरीयताका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
उनले संविधानसभाभित्र र बाहिरका अधिकतम दललाई समेटेर चाँडै संविधान जारी गरिने पनि बताए । सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनिलबहादुर मल्लले कला संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने कलाकर्मीलाई सरकारका तर्फबाट निरन्तर उत्प्रेरणा प्रदान गरिने बताए ।
बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली चलचित्रलाई थप मर्यादित र व्यावसायिक बनाउँदै मौलिक चलचित्र निर्माण गरी विश्व बजारमा पुरयाउने लक्ष्य राखिएको बताए ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग