आदिस आबाबा, १२ साउन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार अफ्रिकी युनियनमा सम्बोधन गर्ने भएका छन् ।
उनले मङ्गलबार इथियोपियामा रहेको सो युनियनमा विशेष सम्बोधन गर्ने बताइएको छ । युनियन अध्यक्षले सो विषयमा जानकारी दिएका हुन् ।
राष्ट्रपति ओबामा आइतबार अबेर राति इथियोपियाको राजधानी आदिस आबाबा पुगेका छन् । अमेरिकी राष्ट्रपतिबाट दुर्लभै मात्र हुने यी अफ्रिकी राष्ट्रहरुको भ्रमणका लागि उनी त्यसतर्फ लागेका हुन् ।
अमेरिकी राष्ट्रपति ओबामा यस युनियनलाई सम्बोधन गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुने पनि समाचारमा जनाइएको छ ।
उनी पूर्वी अफ्रिकन देशहरुको औपचारिक भ्रमणको क्रममा केन्याको ऐतिहासिक दुईदिने भ्रमण पूरागरी आइतबार इथियोपिया पुगेका थिए । ओबामा यी अफ्रिकी देशहरुको भ्रमणगर्ने प्रथम अमेरिकी राष्ट्रपति हुन् । उनले यसअघि इथियोपियाको छिमेकी देश केन्याको भ्रमण गरेका थिए ।
ओबामाले आदिस आबाबास्थित अफ्रिकी युनियन (एयु) को मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको जानकारी यसअघि नै दिइएको थियो ।
यसअघि उनले एयुको अध्यक्षसँग द्वीपक्षीय वार्तासमेत गरिसकेका छन् । त्यस क्रममा उनले उक्त युनियनमा अफ्रिकी राष्ट्रहरुका लागि अमेरिकाको सहयोगका साथै शान्ति सुरक्षा र मानवअधिकारका बारेमा आफ्ना धारणा राखेका थिए ।
उनले सोमबार नै इथियोपियाका प्रधानमन्त्री हेलमारिन देसागेनसँग भेटवार्ता गरिसकेका छन् । देसालेन दुई महिनामात्र अघि सत्तामा आएका थिए ।
सो भेटका क्रममा उनले इथियोपियाले आर्थिक विकासका मार्गहरु तय गरिसकेको भन्दै अब अगाडि बढ्नुपर्ने सुझाएका थिए ।
साथै उनले त्यहाँ मानवअधिकारको संरक्षण र सम्बर्धन गर्न आवश्यक रहेको भन्दै यसका लागि पनि गम्भीर बन्न आग्रह गरेको बताइएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो