काठमाडौँ, ६ साउन । दक्षिण कोरियामा सम्पन्न नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली बुधवार स्वदेश फर्केको छ ।
कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्ताना खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् ।
त्यस्तै सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए ।
पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो खेलाडी मनिता शाही र खेलाडीका परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उक्त प्रदर्शनी खेलमा विभिन्न ६५ राष्ट्रको सहभागिता थियो ।
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?