काठमाडौँ, ६ साउन । दक्षिण कोरियामा सम्पन्न नवौं अन्तराष्ट्रिय तेक्वान्दो सांस्कृतिक प्रदर्शनी खेलमा स्वर्ण पदक हात पारेकी योङ्चेन शेर्पासहितको टोली बुधवार स्वदेश फर्केको छ ।
कोरियास्थित मुजु तेक्वादो पार्कमा भएको खेलमा शेर्पाले भारत र पाकिस्ताना खेलाडीलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी ह्वाइट फिल्ड स्कुलमा अध्ययनत छिन् ।
त्यस्तै सोही खेलमा सहभागी जेम्स स्कुलकी क्रेशा कोइराला, एजेलिया राजकर्णिकार र ह्वाईट फिल्ड स्कुल कै आर्यन खड्की पनि स्वदेश फर्किएका छन् । उनीहरुले उक्त खेलमा कास्यपदक हात पारेका थिए ।
पदक विजेता खेलाडीलाई ह्वाईट फिल्ड स्कुलका प्रिन्सिपल पारस श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो खेलाडी मनिता शाही र खेलाडीका परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उक्त प्रदर्शनी खेलमा विभिन्न ६५ राष्ट्रको सहभागिता थियो ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै