
लन्डन । बलिउड नायिका मनिषा कोइराला मंगलबार राती लन्डनमा आयोजित एउटा च्यारिटी कार्यक्रममा सहभागी भइन् ।
सेन्ट पल्स्स्थित ग्रेन्ज होटलमा नेपालका भूकम्प पीडितको सहयोगार्थ गरिएको च्यारिटीमा मनिषा सहभागी भएका हुन् । मनिषा १६ जुलाई देखि शुरु छैटौं लन्डन इन्डियन फिल्म फेस्टिबल २०१५ का लागि लन्डनमा छिन् ।
मन्तव्यका अवसरमा महिला र वालवालिकाका लागि आफ्नो सहयोग स्मरण गर्दै उनले अन्यलाई पनि सहयोगका लागि अनुरोध गरेकी थिइन् ।
च्यारिटीका अवसरमा बलिउड निर्देशक मणी रत्नमसहित कयौं बलिउड सेलिब्रेटी, रग्बी खेलाडी र बेलायतीहरुको सहभागिता रहेको सहप्रायोजक खुकुरी बियरका बजार निर्देशक प्रशान्त कुंवरले जनाए ।
नेपालको विशिष्ट राजनीतिक कोइराला परिवारमा जन्मिएकी मनिषाले बलिउडमा दर्जनौं चलचित्रमा अभिनय गरेकी छिन् । अमेरिकामा क्यान्सरको उपचार गरेर आएपछि उनी पुनः अभिनयमा फर्किने तरखर गर्दैछिन् ।
संयुक्त राष्ट्रसंघले उनलाई गुडवील एम्बासेडर बनाएको छ भने नेपाल सरकारले भूकम्प पुनर्निर्माणमा सहयोग जुटाउन दूत नियुक्त गरेको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस