
लन्डन । बलिउड नायिका मनिषा कोइराला मंगलबार राती लन्डनमा आयोजित एउटा च्यारिटी कार्यक्रममा सहभागी भइन् ।
सेन्ट पल्स्स्थित ग्रेन्ज होटलमा नेपालका भूकम्प पीडितको सहयोगार्थ गरिएको च्यारिटीमा मनिषा सहभागी भएका हुन् । मनिषा १६ जुलाई देखि शुरु छैटौं लन्डन इन्डियन फिल्म फेस्टिबल २०१५ का लागि लन्डनमा छिन् ।
मन्तव्यका अवसरमा महिला र वालवालिकाका लागि आफ्नो सहयोग स्मरण गर्दै उनले अन्यलाई पनि सहयोगका लागि अनुरोध गरेकी थिइन् ।
च्यारिटीका अवसरमा बलिउड निर्देशक मणी रत्नमसहित कयौं बलिउड सेलिब्रेटी, रग्बी खेलाडी र बेलायतीहरुको सहभागिता रहेको सहप्रायोजक खुकुरी बियरका बजार निर्देशक प्रशान्त कुंवरले जनाए ।
नेपालको विशिष्ट राजनीतिक कोइराला परिवारमा जन्मिएकी मनिषाले बलिउडमा दर्जनौं चलचित्रमा अभिनय गरेकी छिन् । अमेरिकामा क्यान्सरको उपचार गरेर आएपछि उनी पुनः अभिनयमा फर्किने तरखर गर्दैछिन् ।
संयुक्त राष्ट्रसंघले उनलाई गुडवील एम्बासेडर बनाएको छ भने नेपाल सरकारले भूकम्प पुनर्निर्माणमा सहयोग जुटाउन दूत नियुक्त गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा