काबुल, ५ साउन । अफगानिस्तान सरकारले तालिवानसँगको शान्तिवार्ताका लागि तयारी जारी राखेको जनाएको छ । वार्ता टोलीका सरकारतर्फका एकजना सदस्यले सरकारले वार्ताका लागि आन्तरिक तयारी जारी नै राखेको बताएका हुन् ।
हालैमात्र अफगान राष्ट्रपति असरफ घानीले पनि अफगानिस्तानमा रक्तपात अन्त्यको पहल सुरु भइसकेको बताएका थिए ।
शान्ति वार्ताका लागि सशस्त्र तालिवान विद्रोही पनि तयार भएको ति सदस्यले जनाएका छन् । विश्लेषकहरुले त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको जनाएका छन् ।
अफगानिस्तानका तालिवान र सरकारबीचको वार्ताको संयोजन पाकिस्तान सरकारले हप्तादिन अघिमात्र गरेको हो । अफगानिस्तानका तालिवान र अफगान सरकारबीच शान्तिवार्ताको आयोजना गरेको पाकिस्तानले दुई पटकसम्म दुवै पक्षको बैठक आयोजना गराइसकेको छ ।
सो वार्तापछि ती दुवै पक्ष शान्तिवार्ता गर्ने विषयमा सहमत भएका र त्यसको वातावरण सिर्जना गर्ने पक्षमा दवै पक्ष लागेको बताइएको छ । पाकिस्तानको राजधानी इस्लामावादबाट नजिक रहेको एक पर्यटकीय नगर मुरीमा सो वार्ताको आयोजना गरिएको थियो ।
गतवर्षको सेप्टेम्बर महिनामा सत्तामा आएपछि अफगान राष्ट्रपति असरफ घानीले यो पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गरेका हुन् ।
तालिावन नेता अब्दुल्लाह मोहम्मद ओमारले पनि गत शुक्रबार एक विज्ञप्तिमार्फत आफ्नो समूहले औपचारिक रुपमा वार्ताका लागि सरकारसँग बस्ने घोषणा गरेका थिए ।
यसरी वार्ताका लागि दुवै पक्ष सहमत भएपछि वार्ताको वातावरण निर्माण भएको बताइएको छ । शुक्रबार इद उद फित्रको अवसरमा मुल्लाहले सो विज्ञप्ति प्रकाशन गर्दै आफ्नो समूह सरकारमा बस्न तयार रहेको बताएका हुन् ।
अफगानिस्तानका उपविदेशमन्त्री हिक्मद खलिल कारजायीले सरकारको तर्फबाट चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सरकारी तहको सो प्रतिनिधिमण्डलमा शान्ति परिषद्का सदस्यको पनि सहभागिता छ ।
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल