काठमाडौँ, ५ साउन । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामाथि सुझाव दिँदै सर्वसाधारणले समानुपातिक निर्वाचन प्रणालीमार्फत एकै व्यक्ति दुई कार्यकालभन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
संविधानसभाको ‘नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति’ले मंगलबार काठमाडौँ क्षेत्र नं २ को बत्तीसपुतलीमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रमका सहभागीहरूले जनताले अस्विकृति गरेका व्यक्तिहरू पनि समानुपातिक निर्वाचन प्रणालीमार्फत पटक पटक सांसद बनिरहन सक्ने व्यवस्था मस्यौदाले गरेको भन्दै त्यसलाई सच्याउनुपर्ने माग गरेका थिए ।
उनीहरूले समानुपातिक निर्वाचन प्रणालीबाट ‘टिके प्रथा’का रूपमा सांसद चुनिने र उनीहरू जनताप्रति जवाफदेही नभई नेताप्रति मात्रै चाकडीमा लिप्त हुने धारणा राखेका थिए । कार्यक्रममा सहभागी डिपी अर्यालले समानुपातिक पद्धतिद्वारा चुनिने सांसद बढीमा दुई कार्यकालमात्रै चुनिन पाउने स्पष्ट प्रावधान संविधानमा उल्लेख हुनुपर्ने माग राखे ।
कृष्णप्रसाद सिटौलाले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने गरी कानुनमा व्यवस्था हुनुपर्ने सुझाव दिए । कार्यक्रममा स्थानीय कनकमान महर्जनले जनताले दिएका सुझाव रद्दीको टोकरीमा नफाल्न आग्रह गर्दै संविधानमा देशको क्षेत्रफल र सीमा लेख्नुपर्ने सुझाव दिए । केदारनाथ दाहालले विदेशमा रोजगारीका लागि गएका नेपालीलाई पनि निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था संविधानमा गरिनुपर्ने माग गरे । माधव पौडेलले स्वास्थ्य र शिक्षालाई निःशुल्क गरिनुपर्ने सुझाव दिए ।
लक्ष्मी अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । कार्यक्रममा अधिकांश सहभागीले धर्मनिरपेक्ष राज्यभन्दा धर्मविहीन राज्य भन्ने अर्थ लाग्ने भन्दै धार्मिक स्वतन्त्रता वा हिन्दू धर्म भन्ने शब्द संविधानमा राख्नुपर्ने सुझाव दिएका छन् । सीता भट्टराई बस्नेतले डलर खाएर धर्म परिवर्तन गर्नेहरूलाई निरुत्साहित गर्ने गरी धर्म परिवर्तन गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताइन् ।
सांसद बन्न शैक्षिक योग्यता तोकिनुपर्ने, राष्ट्रिय पार्टी बन्न र समानुपातिकबाट सभासद् चुनिन मत सीमा (थ्रेसहोल्ड) को व्यवस्था गर्नुपर्ने, संसद्को सङ्ख्या घटाउनुपर्ने, श्रमसम्बन्धी आयोग गठन गर्नुपर्ने सहभागीहरूले सुझाव दिएका छन् ।
त्यस्तै अधिकांश सहभागीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था गरिनुपर्ने, प्रदेशको सीमाङ्कन र नामाङ्कन टुङ्ग्याउनुपर्ने, वडा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्ने, सङ्घीयताको सङ्ख्या घटाई बढीमा पाँच प्रदेशमात्रै बनाइनुपर्ने, मत बराबर भएमा गोलाप्रथाबाट राष्ट्रपति चुन्ने प्रावधान हटाउनुपर्ने, स्वास्थ्य निःशुल्क हुनुपर्नेलगायतका सुझाव दिएका छन् ।
कार्यक्रममा सहभागी नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारी, काँग्रेस सभासद् निर्मल कुइँकेललगायतले मस्यौदामा जनताले दिएका सुझावले संविधानका धेरै बुँदामा रहेका कमजोरी सच्याउने अवसर मिलेको भन्दै जनताको सुझावअनुसारकै संविधान आउने बताए ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]