स्कटल्यान्डमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल भएको छ ।
यही साउन १३ र १५ गते हुने उक्त प्रतियोगिताका लागि ट्वान्टी–ट्वान्टी विश्वकप प्रतियोगितामा घोषित १५ सदस्यीय टोलीमा अविनाश कर्ण र महेश क्षेत्रीलाई समावेश गर्दै प्रतियोगितामा सहभागिता जनाउने भनिएको थियो । तर प्रतियोगितामा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्न नसकेपछि नेपाली टोलीमा फेरबदल गरिएको नेपाल क्रिकेट सङ्घ क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।
ओपनर सुवास खकुरेल, विनोद भण्डारी र जीतेन्द्र मुखियालाई प्रतियोगिताबाट हटाइएको छ । खकुरेल र भण्डारीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्न नसक्दा हटाइएको हो भने मुखिया ट्वान्टी–ट्वान्टी प्रतियोगिताको लागिमात्र छनोट भएको हुँदा उनले सहभागिता जनाउने छैनन् ।
त्यस्तै, उनीहरूको सट्टामा विकेट किपर महेश क्षेत्री, अल राउन्डर पृथु बाँस्कोटा र बलर अविनाश कर्ण सहभागी हुनेछन् । त्यस्तै, सागर पुनले पनि प्रतियोगितामा सहभागिता जनाउने छैनन् । खेलको दौरानमा घाइते भएको हुँदा सागरलाई पनि नेपाल बोलाउने तयारी भएको क्यानले जनाएको छ ।
पृथु अहिले बेलायतमा केन्ट क्रिकेट लिगको डिभिजन २ मा अपचर्च क्रिकेट क्लबबाट खेलिरहेका छन् । उनले त्यहाँ पहिलो खेलमै नट आउट १४६ रन बनाएका थिए । त्यस्तै, बेलायतकै टुन क्रिकेट क्लबबाट खेलिरहेका महेशले पनि पहिलो खेलमा नटआउट ६४ रन बनाएका थिए ।
यसअघि, एक दिवसीयका लागि १५ सदस्यीय टोलीमा नपरेका सिद्धान्त लोहनीलाई समेत स्कटल्यान्ड लगिने भएको छ । ट्वान्टी–ट्वान्टी विश्वकप छनोटको अन्तिम जर्सीविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई स्कटल्यान्ड लगिने भएको हो ।
प्रतियोगितामा डेब्यु गरेका लोहनीले त्यतिबेला २७ रन जोडेका थिए । उनले १६ बलमा दुई छक्का र दुई चौकाको मद्धतमा २७ रन जोडेका हुन् ।
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए