काठमाडौँ, २ असार । टि–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको लिगको अन्तिम खेलमा नेपाल जर्सीसँग सात विकेटले पराजित भएको छ ।
शनिबारको हारले नेपाल विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएबाट लगातार दोस्रो विश्वकप खेल्ने सपना पनि तुहिएको छ ।
आयरल्यान्डको डब्लिनमा टस हारेर व्याटिङ गरेको नेपालले आजको खेलमा पनि व्याटिङ सुधार्न सकेन । नेपालले पूरै ओभर खेलेर ८ विकेट गुमाउँदै जर्सीलाई १०५ रनको सामान्य लक्ष्य मात्र दिन सक्यो । जवाफी व्याटिङमा आएको जर्सीले १६.१ ओभरमै मात्र ३ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।
उसका जोन्टी जेन्नर र पिटर गोउथले दोस्रो विकेटका लागि ५५ रनको साझेदारी गरेपछि जितको आधार तयार पारे । जेनरले ३० रन तथा गोउथले २७ रन बनाए । कोर्नी बोडेस्टेइन र बेन स्टिभन्सले चौथो विकेटका लागि अविजित ४४ रनको साझेदारी गर्दा जर्सीको जित सहज भयो ।
कप्तान पारस तथा शक्ति गौचनले १÷१ विकेट लिए तर त्यो जीतका लागि पर्याप्त भएन । यसअघि आफ्नो ‘डेब्यु खेलमा सिद्धान्त लोहनीले धुरन्धार व्याटिङ गर्दै १६ बलमा २७ रन बनाएपछि नेपालले १०० रन कटाउन सकेको थियो । सातौं क्रममा क्रिजमा आएका २० वर्षीया सिद्धान्तले दुई छक्का र समान चौकाको मद्दतले नेपाली इनिङमा सर्वाधिक रन बनाए मात्र बनाएनन् उनले जर्सीका जेन्नरलाई पनि रनआउट गराए ।
चौथो ओभरमा टोलीको स्कोर ७ रन हुँदा तेस्रो स्थानमा मैदानमा आएका उपकप्तान ज्ञानेन्द्र मल्ल १४.५ ओभरसम्म टिकेपछि स्कोर ६१ रन पुर्याउन सफल भएका थिए । शरद भेषवाकरले १६ तथा कप्तान पारस खड्काले ११ रनको बनाए भने अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन समेत जोड्न सकेनन् । भलै आठौं क्रमका वसन्त रेग्मीले १ चौकाको मद्दतले ७ बलमा ७ रन बनाए । त्यस्तै सोमपाल कामीले अविजित ३ रन जोडे ।
नेपालका ओपनिङ व्याट्सम्यान विनोद भण्डारी १.५ ओभरमा टोलीको ६ रन हुँदा व्यक्तिगत तीन रनमा आउछ भए । अर्का ओपनर प्रदीप ऐरी दुई रन बनाउँदै पवेलियन फर्किए । पाचौँ क्रमका व्याट्सम्यान राजेश पुलामी मगरले चार रन मात्र बनाए भने करण केसी ० रनमा अविजित रहे ।
जर्सीका नाट वाट्किन्सले ४ ओभरमा २० रन दिएर ३ विकेट लिए भने एन्थोनी केइले २ विकेट झारे ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते