काठमाडौँ, १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०२औँ बोर्ड बैठकले साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा गर्ने निर्णय गरेको छ ।
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा शुक्रवार सिंहदरबारस्थित मन्त्रालयमा बसेको बैठकले मङ्सिर ११ देखि १८ गतेसम्म पूर्वाञ्चलमा सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै भारतमा हुने बाह्राँै दक्षिण एसियाली प्रतियोगिता (साग)मा नेपालले सहभागिता जनाउने निर्णायसमेत भएको राखेप सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए ।
बैठकले विभिन्न समयदेखि राखेपमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको स्थायी प्रक्रिया तथा दश वर्षदेखि कर्मचारीको रोकिएको बढुवा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । गत वर्ष दक्षिण कोरियाको इन्चोन सहरमा सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने क्रममा घाइते तेक्वान्दो खेलाडी सक्षम कार्कीको उपचारका लागि सरकारसँग आर्थिक सहयोगका लागि पहलसमेत गर्ने निर्णय बैठकले गरेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा