लन्डन । रेडिङस्थित वृद्ध भूपू गोर्खाहरु आफ्नो स्वास्थ्य समस्याबारे चिकित्सकलाई भन्न असक्षम रहेको प्रतिवेदन सार्वजनिक भएको छ । रेडिङ बरो काउन्सिलको निगरानीमा हेल्थ वाच रेडिङले गरेको सर्वेक्षणले ८५ प्रतिशत भूपू गोर्खाले चिकित्सकलाई आफ्नो स्वास्थ्य समस्या र लक्षण बताउन नसक्ने उजागर गरेको छ ।
रेडिङस्थित दुई हजार ७२५ जना भूपू गोर्खा वृद्धवृद्धामाझ सर्वेक्षण भएको हो ।
त्यस्तै, सहभागीमध्ये ८१ प्रतिशतले दोभाषेसित सूचीकृत नभएको, ९५ प्रतिशतले आंखा परिक्षण गराउंदा दोभाषे नदिएको र ८१ प्रतिशतले दोभाषे चाहेको बताएका प्रतिवेदनमा उल्लेख छ । रोयल बर्कसायर हस्पिटल र जिपी सर्जरी जांदा ति वृद्धवृद्धाले दोभाषे सेवा नपाएको प्रतिवेदन देखाउंछ । रोयल बर्कसायर हस्पिटलले भने हेल्थ वाचलाई दुई साताको अग्रिम सूचना पाए दोभाषे उपलव्ध गराइने बताएको छ । तर, हस्पिटलमा विरामीको सुविधाका लागि नेपाली भाषामै लिफलेट उपलव्ध रहेको उल्लेख छ ।
सर्वेक्षण गरिएका मध्ये अधिकांश मधुमेह, मुटु रोग, युरिक एसिड र रक्तचाप सम्वन्धि रोगले पीडित छन् । कतिपयमा सेवाका बेला युद्ध मैदानमा बन्दुक, बमको आवाजले गर्दा अहिले श्रवण शक्ति कम रहेको पाइएको छ ।
हेल्थ वाच रेडिङको उक्त प्रतिवेदन अनुसार, रेडिङ बस्ने ६० देखि ७५ वर्ष उमेर समूहका वृद्धवृद्धा नेपालको दुर्गम गाउंबाट आएका हुन् । आफ्ना सन्तान नेपाल भएकाले उनीहरुले यहां पारिवारिक रेखदेख नपाएको प्रतिवेदनमा उल्लेख छ । अधिकांश भूपू गोर्खाका श्रीमतिहरु साक्षर नभएकाले उनीहरुलाई अंग्रेजी समस्या भएको पनि सर्वेक्षणले बताएको छ ।
प्रतिवेदनले धेरै गोर्खा परिवार न्यून आयमा बांचिरहेको, अर्काले लिएको घर भाडामा बसेको र कतिपय त हिटिङ सुविधा लिन समेत असमर्थ रहेको देखाएको छ । तर, ति वृद्धवृद्धालाई रेडिङस्थित भूपू गोर्खा संगठन र अन्य सामुदायिक संघसंस्थाले भने साथ दिएको जनाइएको छ ।
यसैबीच, रेडिङ एनएचएस वाक इन सेन्टरले नेपाली बोल्ने विरामीहरुलाई जनचेतना जगाउन कफी मर्निङ राख्ने योजना बनाइरहेको छ ।
उक्त प्रतिवेदन आजै अबेर काउन्सिलको हेल्थ एण्ड वेल बीइङ बोर्ड समक्ष प्रस्तुत हुने र उसले यसबारे समिक्षा गर्ने गेट रेडिङले जनाएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस