बग्दाद, ३० असार । इराकले मङ्गलबार इरानसँग सम्पन्न भएको आणविक सम्झौता इस्लामिक स्टेट (आईएस) जिहादी समूहलाई पराजित गर्ने उद्देश्यका साथ भएको जनाएको छ ।
विश्वका प्रमुख छ शक्ति राष्ट्र (चीन, फ्रान्स, रुस, अमेरिका, बेलायत तथा जर्मनी) र इरानबीच मङ्गलबार भियनामा सय पाना लामो सम्पन्न भएको सम्झौता एक बृहद् कूटनैतिक सफलता थियो भनिएको छ ।
‘दाएसले हाम्रो क्षेत्रलाई निरन्तर द्वन्द्वमा तान्न खोजेको छ’, इराकी प्रधानमन्त्री हैदर अल अवादीले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘इरान सम्झौताले अव हाम्रो क्षेत्रमा शान्ति र अमन चैन ल्याउने छ,’ प्रधानमन्त्री अल अवादीले भने ।
आईएसले इराक र सिरियाको ठूलो भूभागमा गतिविधि सञ्चालन गर्दै अहिले इजिप्ट र लिबिया लगायत देशमा आफ्नो सञ्जाल विस्तार गरेको छ । रासस÷एएफपी
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक