मंगलबार, असोज ६ २०७७ | Tue, September 22, 2020
नेपालको समय: १०:३४ | UK Time: 05:49

हङकङसँग नेपाल पाँच विकेटले पराजित, विश्वकपमा छनोट हुने सम्भावना कम

वीनेपाली
२०७२ असार ३० गते २३:२५

Nepal-Hongkong_20150715084045
काठमाडौँ, ३० असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भएको छ ।

हारसँगै नेपालको विश्वकप यात्रासमेत कठिन बनेको छ ।

आयरल्यान्डको बेलफास्टमा भएको खेलमा हङ्कङले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले पूरै विकेट गुमाएर हङ्कङलाई ११० रनको मध्यम स्कोरको लक्ष्य दिएको थियो ।

जवाफी व्याटिङमा आएको हङकङको सुरुवात भने राम्रो थिएन् । सोमपाल कामीले हङकङका इरफान अहमदलाई पहिलो बलमा आउट गरेपछि नेपालले आशा जगाएको थियो । तर पहिलो विकेट गुमाएपछि संयमित भएर खेलेको हङ्कङले दोस्रो विकेटका लागि अंशुमान राथ र निजाकात खानले महत्वपूर्ण ४८ रनको साझेदारी गरे । यो नै जितको मुख्य आधार बन्यो ।

नेपालका बसन्त रेग्मीले चार ओभरमा १६ दिएर ४ विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन । नेपालको सुरुवात राम्रो भएन ओपनर सुवास खकुरेललाई दुई रनमा गुमाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल शून्य रन र कप्तान पारस खड्का एक रनमा आउट भएका थिए ।

१० ओभरको खेल सकिँदा नेपालले पाँच विकेटको क्षतिमा मात्र ३१ रन जोडेको थियो ।

त्यसैगरी सागर पुनले १२ लबमा एक चौकासहित ११, वसन्त रेग्मी १९ बलमा दुई चौकासहित ११, राजेश पुलामी मगर ३४ बल खेल्दै दुई छक्कासहित २५, प्रदीप ऐरी शून्य रनमा आउट भए ।

छैटौँ विकेटका लागि शरद भेषवाकर र राजेश पुलामी मगरले ४० रनको साझेदारी गरेपछि नेपालको स्कोर केही माथि उठेको थियो । शरदले २४ बलमा दुई चौका र एक छम्क्कासहित २७ रन बनाए भने पुलामीले दुई छक्काको मद्दतले २५ रन बनाएका थिए ।

नेपाललाई मध्यमस्कोरमा समेट्ने क्रममा हङ्कङका हासिब अम्दाजले महत्वपूर्ण चार विकेट लिएका थिए । त्यसैगरी इरफान अहमदले दुई, तनवीर अफजल, अजिज खान, निजाकिट खानले समान एक एक विकेट लिएका थिए ।

आजको प्रतियोगितामा सोमपाल कामीले ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट सबैभन्दा बढी ११ विकेट लिने खेलाडी बनेका छन् ।

आगामी साउन १० गते आयरल्यान्डमा हुने प्रतियोगितामा शीर्ष हुने ६ टोलीले आगामी वर्ष भारतमा हुने विश्व कप क्रिकेट खेल्नेछन् । नेपालले शुक्रबार पपुवा न्युगिनी र शनिबार जर्सीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक