काठमाडौँ, २८ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको तेस्रो खेलमा सोमबार नेपाल आयरल्यान्डसँग आठ विकेटले पराजित भएको छ ।
आयरल्यान्डको बेलफास्टमा नेपालले घरेलु टोली ५४ रनको झिनो लक्ष्य दिएको थियो । चउन्न रनको झिनो विजय लक्ष्य आयरल्यान्डले ८ ओभरमै दुई विकेटको क्षतिमा पूरा गरेको थियो । उसका लागि पौल स्टलिङले र विलियम पोटर्फिलले महत्वपूर्ण ४९ रनको साझेदारी गरेपछि घरेलु टोलीले लक्ष्य सजिलै भेट्टायो ।
नेपाली खेलाडीले खेलमा कमजोर ब्याटिङको नमुना आजको खेलमा पेस गरे । ओपनर सागर पुनले बनाएको २० तथा कप्तान पारस खड्काले जोडेको १० रनबाहेक कुनै ब्याट्सम्यानले दोहोरो अङ्कको रन छुन सकेनन् । भलै आज नेपालले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेट २.६ ओभरमा गुमाउनुअघि नेपालले १८ रन जोडेको थियो जसमा सागरको योगदान रह्यो । उनले ५.४ ओभरमा आउट हुनुअघि २० रन बनाएका थिए ।
पहिलो विकेटका रूपमा दुई रनमा अनिल मण्डल आउट भएपछि नेपालले लय गुमायो । त्यसपछि क्रिजमा आएका प्रदीप ऐरी शून्य रनमा पेबेलियन फर्के, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लको जोडी जम्ने आशा गरिएको थियो तर अपेक्षाविपरीत पारस १० तथा ज्ञानेन्द्र दुई रनमा आउट भए । चौध दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै नेपालले ५३ रन मात्र जोड्यो । यो नै नेपालको टि–ट्वन्टी छनोटमा अहिलेसम्मकै कम स्कोर हो ।
त्यसपछि मैदान आएका राजेश पुलामी छ, विनोद भण्डारी शून्य, सोमपाल कामी शून्य, वसन्त रेग्मी दुई, शरद भेषवाकर छ र शक्ति गौचन शून्य रनमा आउट भएपछि नेपाल कम स्कोरमै सीमित भयो ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने