
काठमाण्डौं । भूकम्पपछि खस्किएको पर्यटन उकास्न र अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले गो नेपाल होलिडे एप सार्वजनिक भएको छ । महाविनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनले नेपालको पर्यटन क्षेत्रमा पुरयाएको क्षतिबारे अन्तर्राष्ट्रिय रुपमा नकारात्मक प्रचार भइरहंदा विदेशी पर्यटकहरुको सुविधाका लागि इन्सेन्टिभ होलिडेजले ‘गोनेपाल होलिडे’ नामक मोबाइल एप र ‘गो नेपाल’ ईम्यागेजिन सार्वजनिक गरेको हो ।
नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटनको पुनरुत्थान तथा यसलाई दिगो रुपमा विकास गर्नु सरकार, निजी क्षेत्र, सरोकारवालालगायत सबै नेपालीहरूको दायित्व भएको जनाउंदै इन्सेन्टिभ होलिडेजले सोही दायित्व महसुस
गर्दै नयां एप्स् ल्याइएको जनाएको छ । इन्सेटिभ होलिडेज विगत दुई दशकदेखि पर्यटन व्यवसायमा समर्पित इन्सेटिभ गु्रप अफ कम्पनीजद्वारा प्रबर्धित कम्पनी
हो ।
एन्ड्रोइड र आइफोन अपरेटिङ सिस्टम भएका मोबाइल फोन तथा आईटी ग्याजेटहरुमा डाउनलोड गर्न सकिने ‘गोनेपाल होलिडे एप’ मा नेपालमा रहेका अधिकांश पर्यटकीय गन्तव्य, होटल, ट्रेकिङ जस्ता पर्यटनसंग सम्बन्धीत सम्पूर्ण जानकारी एवं सूचनाहरु प्राप्त गर्न सकिनेछ ।
‘गो नेपाल होलिडे’ मा हाल नेपालका विभिन्न स्थानमा रहेका ४० भन्दा बढी होटलबारे जानकारी उपलब्ध छन् । त्यस्तै नेपालका प्रमुख शहर एवं पर्यटकीय गन्तव्यहरूको नक्सा, यातायातका साधन, ट्रेकिङ रुट अदि जस्ता विदेशी एवं स्वदेशी पर्यटकहरुलाई आवश्यक पर्ने सम्पूर्ण जानकारी मोबाइल फोन तथा अन्य आइटी ग्याजेट मार्फत पाइने भएकोले नेपालको पर्यटन प्रबर्धनमा ‘गो नेपाल होलिडे एप कोशेढुंगा सावित हुने कम्पनीले विश्वास लिएको छ ।
यस एपमा हाल उपलब्ध नभएका होटल, होम स्टे जस्ता पर्यटकीय सेवामूलक व्यवसाय तथा नयां पर्यटकीय गन्तव्यबारेको जानकारी सम्बन्धीत व्यक्ति वा संस्थाले उपलब्ध गराएमा त्यसलाई पनि समावेश गरिदै लाने कम्पनीको सोच छ । विदेशी एवं स्वदेशी पर्यटकहरुका लागि सुविधामूलक जानकारी भए ‘गो नेपाल होलिडे’ एप मा निःशुल्क राखिने कम्पनीले जनाएको छ । आफ्नो होटल, पर्यटकीय सेवामूलक व्यवसाय तथा पर्यटकीय गन्तव्यबारेको जानकारी [email protected]
मा इमेल गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरि, गो नेपाल इम्यागेजिनमा नेपाली पर्यटन क्षेत्रसंग सम्बन्धित समसामयिक विषयहरुमाथिका लेख, रचना, रिपोर्टहरु मासिक रुपमा अद्यावधिक गरिने जनाइएको छ । यस अनलाइन प्रकाशनमा नेपालका सुरक्षित गन्तव्यहरु, ट्रेकिङ रुट, ट्राभल गाइड, उत्कृष्ठ गन्तव्य, खाना, पर्यटकीय गतिविधि आदिका बारेमा यथेष्ट जानकारीहरु समावेश हुनेछन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ