
व्यवस्थापिका–संसद्को विशेष बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट सरकारको आगामी आर्थिक वर्ष २०७२, ७३ को नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २३ असार । सरकारले काठमाडौँस्थित मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउने भएको छ ।
राष्ट्रपति डा रामवरण यादवले व्यवस्थापिका–संसद्मा सार्वजनिक गरेको सरकारको आगामी आर्थिक वर्ष २०७२÷७३ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ ।
त्यस्तै, क्रिकेटको विकास तथा विस्तारका लागि सरकारले विभिन्न आठ स्थानमा क्रिकेट मैदान निर्माण गर्नुका साथै कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरवृद्वि गर्ने भएको छ ।
तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई लक्ष्यित गरी काठमाडौँमा पाँच हजार दर्शक क्षमता भएको अन्तर्राष्ट्रियस्तरको कभर्डहल र नयाँ अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण कार्य सुरु गर्ने सरकारको योजना छ ।
युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रको विकासका लागि ‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’ कार्यक्रमलाई मूर्तरूप दिँदै निर्माण कार्यलाई निरन्तरता दिने बताइएको थियो ।
त्यसैगरी, विद्यालयस्तरमा सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समावेश हुने खेल सङ्ख्यामा थप गरी बढीभन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदै लगिने भएको राससले जनाएको छ ।
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने