लण्डन । एनअारएन युकेको चुनावी सरगर्मी तात्दै जाँदा विश्व नेपाली साहित्य महासंघका अध्यक्ष तथा एनआरएन आइसिसीका सदस्य विश्वासदीप तिगेलाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एनअारएन युकेको स्थापनाकालदेखि नै सक्रिय तिगेलाले एनअारएन युकेको बेथितिलाई सहीरुपमा समाधान गर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।
एनआरएन ब्रुनाइका संस्थापक अध्यक्ष समेत रहेका तिगेलाले बेलायतका सबै समुदाय र सबै राजनीतिक पार्टीहरुलाई मिलाएर प्यानलै घोषणा गर्ने तयारी गर्दै गरेको बुझिएको छ ।
‘युकेको एनआरएनको समस्या के हो भन्ने मलाई राम्रोसँग थाहा छ । यतिबेला युकेलाई एनआरएनको विधिविधान बुझेको नेतृत्व जरुरी छ’ तिगेलाले भने ।
‘एनआरएन अभियानमा युकेको भूमिका महत्वपूर्ण हुनुपर्नेमा केही वर्षयता गौण हुँदै गएको छ । एनआरएन युकेको शाख फर्काउनका लागि मैले उम्मेदवारी दिनुपरेको हो’ उनले थपे ।
नेपाल पत्रकार महासंघ युके, नेपाल अादिवासी जनजाति महासंघ युकेको स्थापनामा महत्वपूर्ण खेलेका तिगेला दर्जनौँ संस्थामा सक्रिय छन् । उनले आफू सम्वद्ध सबै संस्था विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा आफू एनआरएन युकेका लागि उपयुक्त उम्मेदवार भएको उनले दाबा गरे ।
साहित्यकार, पत्रकार, राजनीतिकर्मी र समाजसेवी तिगेलाका पुस्तकहरु पनि प्रकाशित छन् ।
यसअघि नै मुच्छेत्र गुरुङ र हीराधन राईले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न