विराटनगर, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महान् कार्यमा पार्टी अग्रसर भएकाले पार्टीलाई विवादमुक्त बनाई भावनात्मक एकताका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।
प्रारम्भिक मस्यौदा मंगलबार संविधानसभाबाट पारित हुने विश्वास व्यक्त गर्दै नेता ओलीले जनताको रायसुझाव लिनका लागि मस्यौदासहित सभासद्का टोली साउनको आगमनसँगै जिल्ला जिल्लामा पुग्ने जानकारी गराए ।
उनले भने, “संविधान जारी हुन नदिने, अन्यौलको अवस्था कायम राख्न खोज्नेले छाती पिटे पनि संविधान सम्भवतः साउनको मध्यसम्ममा जारी हुन्छ र त्यसपछि मुलुकमा राष्ट्रिय सरकार गठन हुन्छ ।”
नेता ओलीले भने, “राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्नुपर्दछ भनेर एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत अन्य दलले सुझाव राखेका तर आफूहरू चुपचाप सुनिरहेका छौं ।”
संविधानको प्रभावकारी कार्यान्वयन सहमतिबाट अगाडि बढाउने उल्लेख गर्दै नेता ओलीले मुलुकलाई प्राकृतिक विपद्बाट उकास्नका लागि निर्माण कार्यलाई तीव्रता दिने स्पष्ट पारे ।
उनले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यवस्था र मुलुकको विकासका लागि पर्यटन, उद्योग, कृषिको व्यवसायीकरणलगायतका कार्यप्रति प्रतिबद्ध हुनुपर्ने धारणा प्रकट गरे ।
मुलुकमा पारस्परिक एकता र सद्भावको कुरा गर्नुपर्ने स्पष्ट पार्दै ओलीले भने “मधेसीको नाममा भ्रम छर्ने कामका साथै जातीय, क्षेत्रीय विद्वेष फैलाउने कार्य भइरहेको छ, तर यो सफल हुँदैन ।” उक्त कार्यक्रम नेकपा (एमाले) मोरङका जिल्ला अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित