विराटनगर, २२ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महान् कार्यमा पार्टी अग्रसर भएकाले पार्टीलाई विवादमुक्त बनाई भावनात्मक एकताका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए ।
प्रारम्भिक मस्यौदा मंगलबार संविधानसभाबाट पारित हुने विश्वास व्यक्त गर्दै नेता ओलीले जनताको रायसुझाव लिनका लागि मस्यौदासहित सभासद्का टोली साउनको आगमनसँगै जिल्ला जिल्लामा पुग्ने जानकारी गराए ।
उनले भने, “संविधान जारी हुन नदिने, अन्यौलको अवस्था कायम राख्न खोज्नेले छाती पिटे पनि संविधान सम्भवतः साउनको मध्यसम्ममा जारी हुन्छ र त्यसपछि मुलुकमा राष्ट्रिय सरकार गठन हुन्छ ।”
नेता ओलीले भने, “राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्नुपर्दछ भनेर एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) लगायत अन्य दलले सुझाव राखेका तर आफूहरू चुपचाप सुनिरहेका छौं ।”
संविधानको प्रभावकारी कार्यान्वयन सहमतिबाट अगाडि बढाउने उल्लेख गर्दै नेता ओलीले मुलुकलाई प्राकृतिक विपद्बाट उकास्नका लागि निर्माण कार्यलाई तीव्रता दिने स्पष्ट पारे ।
उनले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यवस्था र मुलुकको विकासका लागि पर्यटन, उद्योग, कृषिको व्यवसायीकरणलगायतका कार्यप्रति प्रतिबद्ध हुनुपर्ने धारणा प्रकट गरे ।
मुलुकमा पारस्परिक एकता र सद्भावको कुरा गर्नुपर्ने स्पष्ट पार्दै ओलीले भने “मधेसीको नाममा भ्रम छर्ने कामका साथै जातीय, क्षेत्रीय विद्वेष फैलाउने कार्य भइरहेको छ, तर यो सफल हुँदैन ।” उक्त कार्यक्रम नेकपा (एमाले) मोरङका जिल्ला अध्यक्ष महेश रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते