लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) भित्र आर्थिक पारदर्शीता सम्बन्धि विभिन्न प्रश्न उठिरहंदा सो को आवश्यक छानवीन गरि सत्यतथ्य प्रतिवेदन पेश गर्न गठित समितिले आवश्यक सहयोग नपाएको गुनासो गरेको छ ।
छानवीन समितिका संयोजक कमल गुरुङले सम्वन्धित पक्षलाई पटक पटक लिखित पत्राचार गर्दा समेत सहयोग प्राप्त नभएको बताएका छन् । ‘बीचमा भूकम्पले राष्ट्र शोकमा डुबिरहंदा काम गर्ने वातावरण भएन । तर, त्यस यता बारम्बार इमेल वा पत्राचार गर्दा एउटा पनि लिखित जवाफ पाइन’, गुरुङले वीनेपालीसंग गुनासो गरे ।
उनले भोलि बुधवार सांझ ७ बजे एनआरएनए यूके वर्तमान अध्यक्ष महेन्द्र कंडेल र दुई पूर्व अध्यक्षहरु कुल आचार्य एवं योगेन क्षेत्रीलाई मिचेट कम्युनिटी हलमा आउन भनेका छन् । ‘व्यक्तिगत कुरा गर्दा एकले अर्कोलाई आक्षेप लगाउने काम मात्र भइरहेको छ । त्यसकारण तीनै पक्षलाई एकै ठाउंमा राखेर जानकारी लिने मेरो अन्तिम प्रयास हुनेछ’, गुरुङले चेतावनी दिएका छन्, ‘भोलि पनि आवश्यक जानकारी नपाइए हालसम्म प्राप्त विवरणका आधारमा अन्तिम प्रतिवेदन बुझाउनेछु ।’
यसअघि संघका अध्यक्ष महेन्द्र कंडेलले गत १२ जुनको कार्यसमिति बैठकको निर्णय भन्दै ३० जुन सांझ ६ सम्म एनआरएनए यूके कार्यालय आएर अन्तिम आर्थिक प्रतिवेदन बुझाउन पत्राचार गरेका थिए । त्यो समयसीमासम्म नबुझाए समिति भंग गरिने चेतावनी समेत पत्रमा थियो ।
गत फेब्रुअरीमा सम्पन्न गैर आवासीय नेपाली संघ, बेलायतको विशेष साधारण सभा–२०१५ को अध्यक्ष मण्डलले संघभित्र विद्यमान आर्थिक पारदर्शीता सम्बन्धि विभिन्न प्रश्न उठिरहेको सन्दर्भलाई मध्यनजर राख्दै संघको आर्थिक पक्षमाथि आवश्यक छानविन गरी सत्यतथ्य रिपोर्ट पेश गर्न कमल गुरुङको संयोजकत्वमा राष्ट्र राई उपसंयोजक रहेको आर्थिक छानविन समिति गठन गरेको थियो । पछि संयोजक गुरुङले एक वीज्ञका रुपमा बेलायतको रक्षा मन्त्रालयमा अकाउन्टिङ काम गरिसकेका मेजर रि. वुद्धि गुरुङलाई समितिमा समावेश गरेका थिए । समितिमा आफू पक्षका केही व्यक्ति राख्ने अध्यक्ष कंडेलको प्रस्ताव भने गुरुङले मानेनन् ।
केन्द्रको निर्देशन बमोजिम डाकिएको सोही विशेष साधारणसभाले झण्डै डेढ वर्षको विवाद अन्त्य गरेको थियो । त्यतिबेला भक्त गुरुङ संयोजक रहेको अध्यक्ष मण्डलले संघभित्र उत्पन्न अनुशासन सम्बन्धि प्रश्नहरुलाई सम्बोधन गरी संघलाई मर्यादित र अनुशासित संस्थाको रुपमा स्थापित गर्न संघका संरक्षक परिषदका अध्यक्षको संयोजनमा, अध्यक्ष मण्डलका सदस्य तथा संघका सल्लाहकार समितिका सदस्य ले. चन्द्रबहादुर गुरुङको सह–संयोजकत्वमा अनुशासन छानविन समिति समेत गठन गरेको थियो ।
करिब डेढ वर्ष चलेको विवादका बेला एनआरएनए यूकेभित्र आर्थिक पारदर्शीता सवालले बढि नै चर्चा पाएको थियो । योगेन्द्र क्षेत्री र महेन्द्र कंडेलबीच आरोप प्रत्यारोप मात्र होइन, क्षेत्रीले पूर्व अध्यक्ष कुल आचार्यको कार्यसमितिले समेत आर्थिक हिनामिना गरेको आरोप लगाएका थिए ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस