लण्डन । डार्टफोर्ट नेपाली समाज युकेले भुकम्प पीडित नेपालीको सहयोगका लागि करिब साढे ६ हजार पाउण्ड प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।
समाजले आइतबार एक समारोहको आयोजना गरी बेलायतका लागि नेपाली कार्यबाहक राजदुत तेजबहादुर क्षेत्रीलाई सो रकम हस्तान्तरण गरेको हाे ।
समाजका अध्यक्ष चन्डिका भट्टको अध्यक्षता र महासचिव इन्जिनियर राजेश पाठकको संचालनमा भएको सो कार्यक्रममा भुकम्पमा ज्यान गुमाएकाहरु प्रति एक मिनेट मौनधारण पनि गरिएको थियो ।
कार्यक्रममा वक्ताहरुले कोषको सही सदुपयोगका बारेमा चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा क्षेत्रीले समाजलाई धन्यवाद दिँदै संकलित सहयोग वास्तविक पीडितहरु समक्ष पुग्ने वचन दिएका थिए ।
काउन्सिलर बच्चुकैलाश कैनी टम म्याडिसन र एलेन आनले पनि भुकम्पमा प्रभावितहरुप्रति सहानुभूति व्यक्त गरेका थिए ।
सहयोग जुटाउन सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सो अवसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।
समाजले व्यक्ति तथा संस्थासित सहयोग संकलन गरेको थियो यसैगरी च्यारिटी डिनर र दानपात्र थापेर पनि सहयोग उठाइएको थियो ।
समाजलाई डार्टफोर्ट बोरो काउन्सिलबाट १ हजार पाउण्ड शिख मन्दिर डार्टफोर्टबाट ९८० पाउण्ड र बप्टिस्ट चर्च हाइफिल्ड रोड डार्टफोर्टबाट ५०० पाउण्ड सहयोग दिइएको थियो ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त