लन्डन । एउटा तप्का छ जो गीत, गजल अनि मुक्तक सुन्न परे सात कोस टाढा भाग्छ । कतिपय चाहिं साहित्यकारका गफ सुन्नु पर्दा नाक खुम्च्याउंछन् । तर, श्रष्टाहरु आपत विपतमा अग्रपंक्तिमै रहेका उदाहरण प्रशस्त छन् ।
शनिवार लन्डनस्थित नेपाली दूतावासमा एउटा नौलो कार्यक्रम भयो । नौलो यस अर्थमा कि, मानिसहरु टिकट किनेर गीत, गजल अनि मुक्तक श्रवण गर्न पुगे ।
२०१ औं भानु जयन्तीका अवसरमा आयोजित ‘समाजका लागि सिर्जना’ नामक च्यारिटी कार्यक्रममा आफ्ना रचना सुनाएरै बेलायतस्थित नेपाली साहित्यकारहरुले ७८० पाउण्ड (करिब रु एक लाख २३ हजार) संकलन गरे र तत्काल कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई हस्तान्तरण गरे । उक्त रकम अनेसास यूके अध्यक्ष डा. रुपक श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठान यूके अध्यक्ष दुर्गाप्रसाद पोख्रेलद्वारा संयुक्त रुपमा का.वा. राजदूत क्षेत्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि प्रदान गरिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठान यूके तथा अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) यूके को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान यूके तथा अनेसास यूकेका पदाधिकारीहरू लगायत यूकेका विभिन्न स्थानबाट आएका लव्ध प्रतिष्ठित संगीत कला साहित्यानुरागीहरूको विशेष उपस्थिति थियो ।
उक्त समारोहमा भूकम्प सम्बन्धी कविता तथा मुक्तक सुनाउँदै नेपाल मुक्तक प्रतिष्ठान यू केका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी