लन्डन । एउटा तप्का छ जो गीत, गजल अनि मुक्तक सुन्न परे सात कोस टाढा भाग्छ । कतिपय चाहिं साहित्यकारका गफ सुन्नु पर्दा नाक खुम्च्याउंछन् । तर, श्रष्टाहरु आपत विपतमा अग्रपंक्तिमै रहेका उदाहरण प्रशस्त छन् ।
शनिवार लन्डनस्थित नेपाली दूतावासमा एउटा नौलो कार्यक्रम भयो । नौलो यस अर्थमा कि, मानिसहरु टिकट किनेर गीत, गजल अनि मुक्तक श्रवण गर्न पुगे ।
२०१ औं भानु जयन्तीका अवसरमा आयोजित ‘समाजका लागि सिर्जना’ नामक च्यारिटी कार्यक्रममा आफ्ना रचना सुनाएरै बेलायतस्थित नेपाली साहित्यकारहरुले ७८० पाउण्ड (करिब रु एक लाख २३ हजार) संकलन गरे र तत्काल कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई हस्तान्तरण गरे । उक्त रकम अनेसास यूके अध्यक्ष डा. रुपक श्रेष्ठ र नेपाल मुक्तक प्रतिष्ठान यूके अध्यक्ष दुर्गाप्रसाद पोख्रेलद्वारा संयुक्त रुपमा का.वा. राजदूत क्षेत्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि प्रदान गरिएको हो ।
नेपाल मुक्तक प्रतिष्ठान यूके तथा अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) यूके को संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान यूके तथा अनेसास यूकेका पदाधिकारीहरू लगायत यूकेका विभिन्न स्थानबाट आएका लव्ध प्रतिष्ठित संगीत कला साहित्यानुरागीहरूको विशेष उपस्थिति थियो ।
उक्त समारोहमा भूकम्प सम्बन्धी कविता तथा मुक्तक सुनाउँदै नेपाल मुक्तक प्रतिष्ठान यू केका अध्यक्ष दुर्गाप्रसाद पोख्रेल
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति