लन्डन । नेपालको भूकम्प पीडितका लागि यूकेस्थित युवाहरुले च्यारिटी कन्सर्ट गर्ने भएका छन् ।
आगामी ३१ जुलाई सांझ लन्डन साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लवमा कार्यक्रम तय भएको शनिवार आयोजित एक पत्रकार सम्मेलनमा जनाइएको हो ।
आयोजकले उक्त कन्सर्ट अलिक भिन्न हुने बताएका छन् । रेड कार्पेट नेपालको ब्यानरमा हुने कन्सर्टमा बेलायतस्थित ५ नेपाली व्याण्डहरु ओम, क्यूबीक्स्, हामी, एगर र इंगलिस वेदरले गीत संगीत प्रस्तुत गर्ने कार्यक्रम छ ।
ति व्याण्ड प्रत्येकले आधा घण्टा देखि ५० मिनेटसम्म निरन्तर गीत संगीत पस्कने जनाइएको छ । रक, मेटल र हार्ड रक खालका गीत संगीत रहने उक्त कन्सर्टमा यी गीत बाहेक रुचाउने दर्शकले डिजेबाट पनि मनोरन्जन लिन सक्नेछन् । ७ देखि १० बजेसम्म कन्सर्ट र त्यसपछि राती १२ बजेसम्म डिजेहरु अमित र ओनिलले डिजे प्रस्तुत गर्ने जनाइएको छ ।
दश पाउण्ड टिकट तोकिएको उक्त कन्सर्टमा राफल चिट्ठा र प्रायोजकबाट समेत आर्थिक संकलन गरिने आयोजकले जनाएका छन् । संकलित रकम गैर आवासीय नेपाली संघमार्फत नेपालमा भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निमाणमा सघाउने ति युवाको लक्ष्य छ । आयोजकले संकलित रकम पारदर्शी हुने र सम्वन्धित ठाउंमा पठाइसकेपछि पनि आफूहरुले सदुपयोग भए नभएको निगरानी गर्ने जनाएका छन् ।
पत्रकार सम्मेलनमा हामी व्याण्डका सन्तोष भण्डारी, इंगलिस वेदरका टोनी, ओम व्याण्डका जिमी, डिजेहरु अमित, ओनिल लगायतले सञ्चारकर्मीको जिज्ञासा मेटाएका थिए । एभरेष्ट लाउन्ज, हनी पटमा आयोजित पत्रकार सम्मेलनमा रेष्टुरेन्ट सञ्चालक मिलन भट्टराईले दिवा भोज र हल निशुल्क प्रवन्ध गरिदिएका थिए ।
तस्विर सौजन्यः नरेन्द्र बस्नेत (मेरो यूके डटकम)
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न